२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

अव समृद्धिको प्रतिस्पर्धा गर्नुपर्छ – उपराष्ट्रपति


२७३३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख १, शनिबार मा प्रकाशित ६ साल अघि
  • इलाम-“विगत लामो समय सम्म राजनीतिक प्रतिस्पर्धामा समय खर्चियो, अवका दिनमा राजनैतिक प्रतिस्पर्धा होईन समृद्धिको प्रतिस्पर्धामा लाग्नु पर्छ”।
    उक्त भनाई उपराष्ट्रपति नन्दबहादुर पुनले इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २ सय बर्ष पुगेको अवसरमा आयोजित तीन दिने महोत्सवको उद्घाटन गर्ने क्रममा शनिबार बताउनु भएको होे । नेपाल र नेपालिको हितको लागि अव राजनीतिक प्रतिस्पर्धामा नभई विकास र समृद्धिको प्रतिष्पर्धामा लागेर अगागि बढ्नु पर्ने बताउनु भएको थियो ।

    अघिल्लो वर्ष निर्वाचन वर्षको रुपमा वितेकाले अबको वर्ष समृद्धिको वर्षको रुपमा अघि बढाउनु पर्ने उपराष्ट्रपति पुनले थप्दै इलामले राजनीतिक परिवर्तनका लागि ठूलो योगदान पुर्याएको भन्दै उनले अब समृद्धिका लागि पनि इलामले ठूलो योगदान पुर्याउन सक्ने बताउनु भयो । ‘इलामः हाम्रो गौरव’ नारासहित शनिबारबाट शुरु भएको महोत्सवमा इलामका विशिष्ट नागरिक इतिहासकार युद्धप्रसाद वैद्यलाई रथारोहणसहित नागरिक अभिनन्दन र सम्मान गरिएको थियो ।

    कार्यक्रममा धरान उपहानगरपालिका र इलाम नगरपालिका बीचको भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा इलामका उत्पादनहरुको स्टलहरु राखिएका छन् । साँकृतिक कार्यक्रम, धार्मिक स्थलमा पूजापाठ कार्यक्रम, साहित्यिक कार्यक्रम, विचार गोष्ठीको आयोजना गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार