जम्बला लामा अर्थात् २०७४ मंसिर १० र १९ गते केन्द्र र प्रदेश सभाको निर्वाचन परिणामबाट
जम्बला लामा
अर्थात् २०७४ मंसिर १० र १९ गते केन्द्र र प्रदेश सभाको निर्वाचन परिणामबाट लज्जास्पद हार भएर कांग्रेसकै बदनाम गराएको सेरबहादुर देउवा अथवा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको काँधमा चढी बेइमानी तरिकाले प्रधानमन्त्री बनेको देउवाले २०७४ साल पौषको ३० गते कैलालीमा उनले सरकारमा बसी रहन मेरो रहर नभएको भनि उनले बताएको थियो । उनको भनाई अहिले प्रतिनिधि सभाले पूर्णता नै नपाएको छ भन्दै देउवाले राष्ट्रिय सभा निर्वाचन गराउन मेरो कर्तव्य भएको उनले भने । पौष ३० गते आइतबार कैलालीको गोदावरीमा बाह्रा राशी मकर मेलाको उद्घाटन गर्ने क्रममा उनले भने बहुमत बनाउनुस सरकार बनाउनुस कसले रोकेको छ ?
उनको भनाइ जुन चोर उनकै ठूलो स्वर भनेजस्तो गरी अर्थात चुनावमा आफुले
(काँग्रेस) लज्जास्पद हार भएको र बदनाम भएको वास्तविक सत्यतथ्यलाई लुकाएर देउवाले लाजै नमानी यस्तो भाषण प्रयोग गरेकोमा २ करोड ८० लाख जनसमुदायलाई नै लाजको महसुस भएको छ । देउवाले बोल्नुभन्दा प्रथम एमालेको सभासद कैलाली ५ को संसद नारदमुनी रानाले सरकार गठनको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । तर देउवाले आग्रहको कुरा गाग्रामा पु¥यायो । सजिलै सँग देउवाले भने बहुमत पु¥याउ सरकार चलाउ । अनि जुन चोर उनकै ठूलो स्वर भन्ने नेपाली उखान र देउवाको भाषा एउटै हुन भन्ने व्यापक हुन आएको छ ।
अहिले देउवाले पनि सर्वाेच्चको प्रधान न्यायधिस गोपाल पराजुलीलाई डा. गोविन्द केसीले प्रधानन्यायाधिस पराजुली भ्रष्टचार, एस.एल.सी.को सटिफिकेट र नागरिकता प्रमाण साथै उमेर हदको प्रश्न राख्दा पनि उनले राजिनामा गर्नुको बदला इजलासहरु तोकेको जस्तै देउवाले पनि आफु निर्वाचनबाट लज्जास्पदबाट हार र बदनाम भएको थाहा हुँदाहुदै पनि देउवाले अरु कुनै विदेशीको या स्वदेशी माफियाको कुराउटे भाषा सुनि उनले राजिनामा दिनुको बदला देउवाले आफ्नो मान मर्दनको ख्यालै नगरी बाम गठबन्धनको दुइ तिहाइ बहुमत हुदाहुदै पनि देउवाले आफ्नो मनको घमण्डीले गर्दा बहुमत पु¥याएर सरकार चलाउनु भन्नुनै जुन चोर उसैको ठूलो स्वर भन्ने जनविचारहरु आएको छ ।
काँग्रेसभित्र बाट नै देउवालाई कुनै माफियाले चलाएको छ भनि युवा नेताहरुबाट आवाज मिडियामा आएको सत्य कुरा हो । देउवाले किन ख्यालै गर्दैन उनले जनता र आफ्नै कार्यकर्ताको मर्म । अर्थात उनको पार्टी भित्र नै किन राजिनामा नदिएर राष्ट्रको नै खिल्ली उडाइ रहेको जनसमुदायलाई आभास भएको छ ।
अतः काँग्रेस सभापति देउवालाई लोकतन्त्र होइन देउवालाई लुटतन्त्र अर्थात २०७० को दोस्रो संविधान सभा चूनावमा तेस्रो स्थान प्राप्त भएको पार्टी माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दाहाललाई उक्साएर प्रचण्डलाई प्रथम प्रधानमन्त्री बनाउन सफल भएको देउवामा कहानेर उनको लोकतान्त्रिक गठबन्धन भएको छ ? यदि उनी लोकतन्त्रवादी भएको भए उनले निर्वाचनको नतिजा आएको २४ घण्टाभित्रमा राजिनामा गरी साथै काम चलाउ सरकार भएको भए देउवाको लोकतन्त्र सफल अर्थात दोस्रो स्थानीय तह र तेस्रो केन्द्र र प्रदेश सभा, निर्वाचन सम्पन्नको जस पाउने थियो तर उनको गल्ती कदमले गर्दा उनले पापको भारी बोकेको जनतालाई महसुस भएको छ ।
राजनितिक सेरोफेरो
यो सेरोफेरोमा नजर अन्दाज गर्दा बहुमत नआएको पार्टीको नेताहरु लाई आगोले पोल्नुभन्दा मनको आगोले बढी पोलेको अर्थात पिडा भएको २ करोड ८० लाख जनसमुदायलाई महसुस भएको छ । अर्थात निर्वाचनकोक नतिजा आएको साथसाथै सेरबहादुर देउवाले पहिलेको सम्झना जस्तो संझेर उनले माओवादी अध्यक्ष दाहाललाई ५ वर्षको लागि तपाइलाई निरविरोध, निर्वाचित प्रधानमन्त्री बनाउने छु भनि प्रस्ताव गरेको थियो देउवाले ।
अतः सेरबहादुर देउवाले मुखले काँग्रेस लोकतन्त्रवादी भन्ने काम गराइबाट काँग्रेसको बरवादी भनेजस्तो देउवासँग लोकतन्त्र नै नभएको व्यक्ति हो कि भन्ने नागरिक संजालमा व्यापक आएको छ । देउवाले विधिको साशन भन्छ निति चाहि वेतिथि । त्यसैकारणले जनताद्धारा स्थानीय तह निर्वाचनदेखी हाल सम्पन्न भएको केन्द्र र प्रदेश सभाको निर्वाचनमा जनताले मत जाहेर गरेन । काँग्रेसलाई प्रतिपक्षमा बसी रचनात्मक भूमिका निर्वाह गरी जनताको सेवा गर्नु भनि मत जाहेर गरेको जगजाहेर छ ।
तर देउवाले उनलाई ज्योतिष बाजेहरुले त तँ बाबु सात पटक प्रधानमन्त्री हुन्छस भनेको भरमा उनले गर्नु नहुने कार्य हो खुरुक्क सरकारको प्रधानमन्त्री पदलाई इज्जत साथ राजिनामा नदिनु भनेको देउवालाई घरको आगोले होइन उनलाई आफ्नै मनको आगोले पोलेको पिडा देउवालाई महसुस भएको जनविचार आएको छ ।
साथै राजपा मण्डलको काँग्रेसबाट भगुवा नेता सरदसिंह भण्डारी लाई पनि राप र तापले उनको पनि देउवाको तालमा ताल मिलाएर उनले भने प्रचण्ड दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्नु भनेका यी बेखुप नेताहरुलाई प्रजातान्त्रिक लोकतन्त्र होइन यिनिहरुलाई लुटतन्त्रको चाहाना भएको मधेसी जनआवाजहरु आउन थालेको छ ।
यी हरुवा पार्टीहरु हार्ने गोरुको छेर्ने दाउ जस्तो नाटक रचिन्छन भन्ने मधेसी नागरीकहरुको विचार आएको छ । अर्थात अब बाम गठबन्धनलाई कसैले पनि फुटाउन नसक्ने अवस्था देखेपछी सरद सिंह भण्डारीलाई पनि मनको आगोले बेस्मारी पोलेको मधेसी जनसमुदायलाई आभाास भएको छ । त्यसैका कारण उनी पनि प्रचण्ड दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको मधेसी जनताले ठहर गरेको छ ।
यी राजपा पार्टी मधेसी गरिब जनता र जनजातीको काँधमा चढी दारु र भारु लगाई जसरी हुन्छ चूनावमा आफु जित्नु पर्ने घमण्डीले गर्दा मधेसी जनता सधै पछाडी परेको मधेसी जनआवाजहरु नआएको होइन ।
तर के गर्ने मधेसी जनताले आवाज निकाल्यो कि तोरा, कल से गावासे निकल्वा भनेपछी त्यो निमुख बोल्न नसक्ने जनताले के गर्ने ? बोल्ने बित्तिकै भोलिपल्ट गाउँबाटै निकाल्ने भन्ने धम्की आउँछ । यस्तै अलोकतान्त्रिक नेताहरुले मधेसी जनतालाई गुलामी बनाई हालि मुहालि चलाई राज गरिन्छन् । अनि निमुख जनताले उनिहरुको घोडा समाति पाउँ पर्नु शिवाय विकल्प छैन ।
यी सारा दुःख अस्थिर मन
अर्थात यी सारा दुःखहरु आफुबाट नै उत्पन्न हुन्छ । १) शरीरबाट, २) वचनबाट ३) चित्त (मन) बाट यी तीन कारकले गर्दा संसार दुःखमय छ । अथवा एक व्यक्तिको चाहना थियो (म) आफु कसरी अरुभन्दा ठूलो हुनु प¥यो, धनि हुुनु प¥यो र ठूलो पदको कुरा आउँदा प्रधानमन्त्री देखी लिएर, प्रधानन्यायधिस, प्रधानसेनापती र आइजीवि यी हुन कारक ।
तर त्यो जुन पद हात परी सकेपछी हामिले त्यो पद सधै आफ्नो लागि मात्र होस, अरुको हातमा कहिल्यै पनि नपुगुन भन्ने चिन्तन, मनले गर्दा हुन्छ । सबै विषयलाई मनले नै चिन्नु पर्दछ । त्यसकारण मनलाई अस्थिरबाट बचाउन मनले नै स्थिर बनाउछन भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरेको छ । संसारलाई बचाउ या गुमाउ यो सबै मनको खेल हुन्छ । अर्थात मनको सारबाट यो विषय पाउँछन् ।
अतः शरीरले गर्नुपर्ने व्यवहार के हो ? शरीरले गर्ने व्यवहार यस प्रकारका छन् । शरीरको काम आफैलाई मद्दत गर्छ, असहाय व्यक्तिहरुलाई सहयोग गर्छ र घमण्डी हो भने शरीरले जे पनि गर्न सक्छ । भनाइको अर्थ शरीर मोटो बलियो छ भने गुण्डा नाइके पनि बन्न सक्छन् । आफुभन्दा कमजोरीहरुलाई तह लगाएर सधै आफ्नो गुलामी बनाउन सक्छ र जे पनि गर्नसक्छ ।
अतः वचन (शब्द) वचन भनेको अमृतमय शब्दलाई भनिन्छ । हामीले शब्दलाइ नै खेर फाली मन लागी बोल्ने, अरुलाई अपशब्द बोल्ने र अव्यवहारिक भाषा बोल्ने र मैले मात्र बोलेको शब्द ठिक अरुले बोलेको भाषा बेठिक भनि घमण्डी गर्नु नै वचनबाट उनी बाहिरिएको आभाष हुन्छ । अर्थात धान कुटी चामल चामल कुटी पिठो बोलीवचन मिठो यी तीन विषय नै शरीर, वचन र मन एक भए भने अस्थिर बाट स्थिर हुने ठुलो सम्भाव हुनेछ । यी तीन शब्दलाई अपव्याख्या ग¥यो भने संसार दुःखमय हुनेछ । त्यसकारण दुःख आफैबाट उत्पन्न हुनेछ भन्ने विचार हुनुप¥यो ।
त्यसकारण सुख भन्ने चिज कहिकतै नपाउने भएको र सुख आफ्नो मनबाट खोज्नु नै उत्तम हुनेछ । हामीले सुख खोज्यौ भने झन दुःख बढी उत्पन्न हुनेछ भन्ने बुझ्न कतै जानु पर्दैन । मात्र सेरबहादुर देउवालाई हेरे पुग्छ । अर्थात उनलाई निर्वाचनबाट हारको दुःख छ । साथै प्रचण्ड दाहालबाट टिका बक्सिस पाएको प्रधानमन्त्री पद घुम्ने दुःख अरुलाई छैन मात्र छ त देउवालाई ।
प्रतिक्रिया दिनुहोस