अर्थात् नागरिकलाई के लाग्छ भने वर्तमान नेपालको न्यायलय र नागरिक अभियान्ता समूहको दोहोरी गीतका ताल
अर्थात् नागरिकलाई के लाग्छ भने वर्तमान नेपालको न्यायलय र नागरिक अभियान्ता समूहको दोहोरी गीतका ताल जस्तो जुहारी खेल हो की भन्ने जिज्ञासा महशुस भएको छ । अर्थात् आँखामा पत्ती बाँधी तराजुलाई हातमा राखी उभिएको कानूनको अन्धीदेवीको नै न्यायलय र नागरिक अभियान्ताकर्ताहरुले खिल्ली, धज्जी उडाएको हो की भन्ने जनविचारहरु व्यापक हुन आएको छ ।
अर्थात् नागरिक अभियान्ता डा. गोविन्द केसी र सर्बोच्चको प्रधानन्यायधिश गोपाल पराजुली बीचमा भएको द्वँद (झगडा) को कारण न्यायलयबाट अदालतको मानहानी हो भनि डा. के.सी.लाई अनसन वसेको स्थानबाट नै रातको ९ बजे पक्राउ गरी प्रहरी कस्टडीमा राखेको सर्वविधितै छ ।
अतः यो व्यवहार चाँही मान हानी हो की होइन भन्नेमा व्यापक जनसमुदायमा हुन आएको छ । डा. केसीले मेडिकल शिक्षामा माफियातन्त्र हुन गएको कारण पटक पटक अनसन वसेकोमा प्रधानन्यायधिष पाराजुली आफैलाई थाहा थियो । तर उनले आपूm माथिपनि अभियोग लगाएको कारणले प्रतिशोधको ढाँचाबाट पराजुलीले डा. केसीलाई मानहानी मुद्दा लगाएर पक्राउ आदेश जारी गरेकोमा विभिन्न संघसंस्था र सरकार पक्षबाट पनि अखबारहरुमा प्रतिक्रियाहरु आएको छ ।
कुनचाँही घमण्डी हो?
हालसम्ममा जनविचारहरु यस्तो आएको छ की, डा. गोविन्द केसीको भनाई मेडिकल शिक्षा मात्र नभई न्यायलयमा पनि माफियातन्त्र घुसेको कारण न्यायलयबाट न्यायसंगत हुनु पर्ने फैसलालाई न्यायसंगत नभई आर्थिक लेनदेनको तरिकाबाट हुन आएको विषयलाई मध्यनजर गरी डा. केसीले नागरिक अभियान्तालाई नै निरन्तर दिई अघि बढेका हुन् भन्ने नागरिक समाजको विचार आएको छ ।
यो कसरी भयो त भने, दुईमा एक अवस्य घमण्डी छ नै । अर्थात् यति घमण्डी छैन भने प्रधान न्यायधिषबाट डा. केसी र कान्तिपुर विरुद्ध किन प्रधान न्यायधिष खनियो ? अर्थात् कान्तिपुर पत्रिकाले पराजुलीको नागरिकता र क्यारेक्टर सर्टिफिकटको विषयमा पटक–पटक प्रकाशित गरेको कारण र योग्यता सम्बन्धी समाचार प्रकाशित गरेको कारण पराजुलीले कान्तिपुरलाई पनि अदालतको मानहानी (अबहेलना) मुद्दा अन्तरिम आदेश दिएको छ । डा.केसी र कान्तिपुर विरुद्ध ।
र कान्तिपुरका अध्यक्ष, प्रधानसम्पादक समेतलाई ७२ घण्टे अल्टिमेटम दिएर प्रधानन्यायधिष पराजुलीले अदालतको वायाँ तिर उभ्याएर राखेको अन्धीन्यायमूर्तिको अपमान गरेको त होइन ? साथै कान्तिपुर विरुद्धको अपहेलना मुद्दा बारे समाचार संकलन गर्न आइतबार सर्बोच्च अदालत पुगेको स्वदेशी र विदेशी संचारकर्मीहरुलाई अदालत परिषरमा छिर्न पनि दिएन पस्नबाट रोक्न सुरक्षाकर्मीहरु खटाएको थियो पराजुलीले ।
स्तन्त्रतासँग सम्बन्धीत मुद्दाको रिपोर्टिङ्गको लागि पुगेको संचार कर्मी र अवलोकन गर्न गएको परिवेक्षकहरुलाई पनि प्रवेश नै नदिएकोमा आक्रोस व्यक्त गरिएको थियो । अब, प्रधान न्यायधिषले। पहिले पहिले संसद नवराज सिलवालको छाँयादेखि तर्सिएर उनले रातारात नक्कली प्रमाण पेश गरी डिआईजीबाट आइजिपीमा बढुवा गर्न खोजेको भनि नक्कली प्रमाण बनाएको बहाना लगाएर नवराज सिलावलाई पनि आइजीपी हुनबाट रोक लगाएर धज्जी उडाएको होइन पराजुलीले ?
पराजुलीले आपूmमाथि लागेको तीन अभियोग उनले २ करोड ८० लाख जनसमुदाय सामू उनले मेरो प्रमाण र नागरिकताको विषय फजुल झुट हो भनि पराजुलीले सक्कल प्रमाणसाथ जनसमुदाय र नागरिक अभियान्ता डा. केसी सामु पछार्न (पेस) गर्न सक्नुप¥यो, भन्ने जनविचारहरु आएको छ । त्यसबाट पराजुली पछाडी हट्नको सट्टा अगाडी आई जनसामु प्रस्तुत हुनु प¥यो भन्ने नागरिकको बुझाई हो ।
अब आएर जनसमुदायलाई महशुस भएको छ की, प्रधानन्यायधिषको नै घमण्डी हो की भन्ने जनआँकलनहरु आएको छ । मतलब, प्रधानन्यायधिष पराजुलीले आपूmलाई लागेको अभियोगको विषयलाई लिएर आफैले आदेश गर्नु भनेको दुधको साक्षी विरालो भने झै हो की भन्ने जनसमुदायलाई आभाष भएको छ । यदि प्रधानन्यायधिष गलत छैन भने प्रधानन्यायधिश किन पछाडी हट्ने । उनी अगाडी बढ्नलाई विकल्प छैन ।
नत्र जनसमुदायलाई भ्रममा पारी प्रधानन्यधिशले जनतलाई नै दुःख दिन हुन्न भन्ने विचारहरु आएको छ । आर्थात् यदि आफ्नो प्रमाण योग्यता र नागरिकता सम्बन्धमा विवाद छैन भने किन डराउने पराजुली ? त्यसको सामाना गर्नु प¥यो र यदि आपूm गल्तीमा छ भने महाअभियोग लाग्नुभन्दा अघि नै राजिनामा दियो भने उनको अलिकति इज्जत वस्ने थियो भन्ने जनसमुदायको विचारहरु आएको छ ।
त्यसकारण दुई मा एक घमण्डीमा पर्ने नै भएको हुनाले त्यस अघि नै सुधारको व्यवस्था गरे धेरै राम्रो हुने थियो । तर प्रधान न्याधिष पराजुली पनि पूर्वप्रधानमन्त्री देउवाले जस्तो आपूm कामचलाउ सरकारमा हुँदा विभिन्न किसिमको कार्यहरु निर्णय गरेको जस्तो अहिले प्रधानन्याधिष पाराजुलीले पनि त्यस्तै पाराले काम गरेको होकी भन्ने सामाजिक संजालमा व्यापक भएको छ । आर्थत् कालले मर्नु थियो तर गालले मर्ने जस्तो हुने हो की पराजुलीलाई भन्ने जनविचारहरु पनि आएको छ ।
मानिस ठूलो दिलले हुन्छ जातले होइन । अर्थात् नाम भने प्रधान न्यायधिश काम भने अन्याय पक्ष भनेजस्तो भएको हो की अर्थात् जनताले बुझ्ने गरी जवाफ दिन जरुरी देखिएको छ पराजुलीबाट प्रधानन्यायधिषबाट नै पराजुली आफै जानुन् । पाराजुलीको मन ठूलो छैन जस्तो की पूर्व राजा ज्ञानेन्द्रको जस्तो अर्थात् पूर्व राजा ज्ञानेन्द्रले पनि आपूm राजा हुँदा हुँदै पनि उनले कु. गर्ने बेलामा उनले राजाको उपाधिलाई निलम्बन गरी आपूm अध्यक्ष र साथै दुई उपाध्यक्ष नियुक्ति गरी गल्ती गरेको नै होइन ? त्यसैको अन्जामको परिणाम (मन सानो) भएको कारण ज्ञानेन्द्रले राजा भन्ने नामबाट हात धुनु परेको थियो ।
त्यस्तै किसिमबाट प्रधान न्यायधिश पराजुलीले पनि आर्थिक प्रलोभनमा परी आँखा चिम्म गरी जथाभावी आन्तरिम आदेश गर्दै करछलीहरुलाई उम्काएको होइन ? उनले गरेको अन्तिम आदेशको परिणामहरु यस प्रकारका छन् । १) टेलिसो निर– एनसेल २) निरज गोविन्द श्रेष्ठ ३) सिनर्ज (नेपाल प्रा.लि.) ४) गोर्खा ब्रुअरी ५) सूर्य नेपाल ६) मल्ल होटल ७) अन्तशुल्क नक्कली स्टिकरवालाहरुलाई छुटकारा ।
यी नै हुन् गोपाल पराजुलीले गरेको वैमानी नियतबाट गरेको फैसला । आन्तरिम आदेशबाट नेपाल सरकारको ढुकुटीमा करिवन ६१,०९,२९,२५,४०३।– नोक्सान पार्ने गरी निर्णयहरु गरेको थियो । के भन्ने यस्तो निर्णयहरु गर्ने गराउने प्रधान न्यायधिश पाराजुलीलाई, उनलाई अव पनि लक्ष्मी पूजा गरी राख्ने की सरकारले महाअभियोगको निर्णय गर्ने वर्तमान् सरकारको हातमा पर्छ । सरकारको जो आज्ञा ।
यतिखेर बारको मौनताको पनि प्रश्न चिन्ह भएको जनतालाई महशुस भएको छ । अर्थात् भ्रष्ट छ भने भ्रष्ट नै बनेर बोल्न सक्नुप¥यो । यदि भ्रष्ट छैन भने स–प्रमाणसाथ गोपाल पराजुलीको निर्णयहरु ठीक छ भनि सफाई दिन सक्नुप¥यो । नत्र पराजुली घाट जान्छन् भने बार पनि जानेहोकी भन्ने जनविचार आएको छ । अवको निर्णय बारको पनि हातमा छ । दुइमा एक चुन्न अन्तिम समय ।
अर्को पाटो
डा. गोविन्द केसी र प्रधान न्यायधिष गोपाल पराजुलीको झण्डै झण्डै नामाकरण ग बाट नै शुरु भएको कारण डा. गोविन्द केसी र गोपाल पराजुली दुवैको नाम गबाटै जोडेको हुनाले दुवै घमण्डी हो की भन्ने जनआँकलन गरेको पाईएको छ । तर एउता ग ले भने बदनाम कमाउने सुयोग देखा परेको छ । जनसामु कुन चाँही पर्ने हो त्यो समयले सत्य विजयी अवस्य गर्नेछ जय न्यायलय ।
कोईरालाकरण काँग्रेसमा
२०४६ सालको जनआन्दोलको कमाण्डर गाणेशमान सिंह बहुदलीय व्यवस्था स्थापित भएपश्चात उनलाई सर्वमान्य नेताको नामाकरण गरी विश्व समुदायलाई नै चकित पारेको थियो तर कोइराला करणको कारण गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र कुवेर शर्मा जस्ते सर्वमान्य नेताहरुको व्यक्तित्वको नाम निसाना नै गिरीजा प्रसाद कोइरालाले समाप्त पारेको नै होइन ?
काँग्रेसमा कोइराला खानदानको पेवाजस्तो नै संझेर एकलौटी ढंगबाट संचालन गर्दै आएकोमा बीचमा आएर देउवाकरणमा परिणत भएको धु्रवसत्य हो । त्येपछि २०६२÷०६३ को जनआन्दोलन पश्चात माओवादीकरण भएर अध्यक्ष प्रचण्ड दाहालबाट प्रथम संविधान निर्वाचन २०६५बाट प्रचण्ड दाहाल प्रधानमन्त्री पद प्राप्त भएको परिणाम अनुसार उनले प्रधानमनत्री पद सम्हाल्न भ्याए ।
त्यसपछी प्रचण्डको चटपटको कारण उनी आफै ९ महिना कार्यकालपछी प्रधानमन्त्री पदबाट राजिनामा गरी ऐमाले नेता माधव नेपाललाई प्रधानमन्त्री बनाएर सरकार संचालन गराएको थियो । त्यसताका पनि गिरीजाहवी भई ५ महिना भित्र तरुन्त माधव नेपालाई हटाई एमालेकै नेता झलनाथ खनाललाई प्रधानमन्त्री बनाएको सर्वविधितै भएको छ । त्यसपछि पनि एमाले सरकारलाई हटाई फेरी माओवादी सरकार अर्थात् बाबुराम भट्टराईको पालो प्रधानमन्त्री बन्ने अवसर पाए । त्यसपछि माओवादी हेटौडा अधिवेशनबाट पूर्व प्रधानन्यायधिष खिलराज रेग्मीलाई प्रधानमन्त्री पद होइन, राष्ट्र अध्यक्ष पद दिई कामचलाउ सरकार बनाएको पनि सर्वविधितै भएको छ । अर्थात् चुनावी सरकार ।
२०७० को दोस्रो संविधान निर्वाचन भयो र नेपाली काँग्रेस पहिलो पार्टी भएको कारण स्व. शुसिलकोइरालाई संविधान निर्माण प्रधानमन्त्री बनाएको थियो । एमाले र माओवादी समर्थनको सरकार । र आलोपालो सरकार । संविधान निर्माण कार्यसम्म काँग्रेस सरकार त्यसपछी संविधान कार्यन्वयन सरकार एमाले पनि मौखिक शर्तमा सम्झौता भएको जनसमुदायलाई थाहा थियो ।
जव संविधान निर्माण भईसकेपछी काँग्रेसबाट धोका एमाले र माओवादीलाई भयो । अनि सम्झौता विपरित काँग्रेसले प्रधानमन्त्री पदको लागि चुनाव लड्न तयार भयो अर्थात् शुसिल कोइराला । यो निर्णय सबै कोइरालो परिवारको चालबाजी थियो, जस्तो सर्वमान्य नेता गणेशमान सिंहलाई पछारेको चालजस्तै थियो । यो निर्णय पनि ।
जसरी हुन्छ काँग्रेस जहिले पनि कोइराला परिवारमा नै रहुन् जस्तो भारतको काँग्रेस आइको पनि यस्तै घमण्डीको कारणले गर्दा हालसम्म पनि काँग्रेस आई कतैबाट माथि उठ्न सकेको छैन । त्यस्तै किसिमबाट नेपाली काँग्रेस समाप्त पनि कोइरालो परिवारको घमण्डीबाट नै समाप्त हुनेछ भन्ने काँग्रेसी जनहरुबाट नै सुन्नमा आएको छ । व्यापक पनि भएको छ ।
अतः सर्वमान्य नेता गणेशमान सिंहमा काँग्रेसको हातपर्छ भन्ने कोइरालो परिवारको सोचले गर्दा नेता गणेशमान सिंहको अपमान भएको कारण नेता गणेशमान सिंहले काँग्रेस परित्याग गरेको होइन । त्यस्तै पाराको कारण हाल कोइराला परिवारको चालबाट नै अक्षम व्यक्ति देउवालाई संसदिय दलको नेता जिताएका हुन् भन्ने काँग्रेस पक्षको नेताहरुको भनाई आएको छ । अर्थात् गणेशमान सिंहको छोरा प्रकाशमान सिंहलाई कोइरालो परिवारले नेता मान्ने मनस्थितिमा छैन । यसको फल अन्जाम हाल देखाएको छ । ताक परे तिवार नत्र गोदामे भन्ने कोइरालो शसंक कोइरालाले सकभर आफै संसदिय दलको नेता बन्ने नसके शेर बहादुर देउवालाई नै समर्थन गरी प्रकाशमान सिंहको हातमा काँग्रेसको हालीमुहाली रहन नदिने विचार भएको कारणले नेपाली काँग्रेसभित्र कोइरालोकरण भएको जनसमुदयलाई महशुस भएको छ ।
त्यसै कारणले गर्दा कोइराला परिवार शेर बहादुर देउवाको गुलामी बन्न पुगेको हो की भन्ने जनविचारहरु आएको छ । प्रकाशमान सिंहको हातमा पुग्नुभन्दा अलोकतान्त्रिक व्यक्ति शेर बहादुर देउवा नै सशंक कोइरालाको प्यारो बन्न पुगेको नै काँग्रेसको बदनामी हुन् हो भन्ने विचार नै नगर्ने कोइराला परिवारले देशको लागि के गर्छ ? मात्र देउवाको सेवा जनताको सेवा मान्नेमा छैन ।
अव काँग्रेसको काँ भन्ने शब्द पनि सुन्न नचाहाने २ करोड ८० लाख जनसमुदायले पनि आक्रोश व्यक्त गरेको पाईएको छ । जुन व्यक्तिलाई जनचाहना नै छैन । अर्थात् काँग्रेस पार्टीको पनि चाहना नै छैन । शेर बहादुर देउवालाई । त्यस्तै भ्रष्ट व्यक्तिलाई कोइरालो परिवारले चाहाना गरेकोमा नागरिक समाज र सामाजिक संजालमा पनि व्यापक विरोध भएको छ । यस्तो भ्रष्ट व्यक्ति देउवालाई संसदीय दलको नेता समर्थन गरेकोमा ।
कुहिएको गन्हाएको भनि थाहा हुँदा हुँदै पनि कोइराला परिवारबाट शेर बहादुर देउवालाई समर्थन गर्नु भनेको स्व. विशेश्वर प्रसाद कोइरालाको अपमान भएको हुन् भन्ने जनविचारहरु पनि प्रसस्त आएको छ । सशंक कोइराला शंख हो की नरशंख हो भन्ने जनतलाई बुझ्न गाह्रो भएको छ । चेतना भय प्रकाशमा । काँग्रेस समाप्त कोइराला परिवारबाट नै हुनेछ भन्ने जनविचारहरु आएको छ ।
प्रतिक्रिया दिनुहोस