२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

सिन्धुको प्रास्वाकेमा उपचार नहुदा काभे्रमा लर्को


२९४६ पाठक संख्या

आर.एल.श्रेष्ठ बनेपा-सिन्धुपाल्चोक जिल्लामा रहेको अधिकांस प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नहुंदा उपचारको लागि काभे्रको धुलिखेल तथा

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • आर.एल.श्रेष्ठ
    बनेपा-सिन्धुपाल्चोक जिल्लामा रहेको अधिकांस प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नहुंदा उपचारको लागि काभे्रको धुलिखेल तथा बनेपामा बिरामीको चाप बढ्ने गरेको छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रमा ५७ प्रकारको औषधि निःशुक्ल उपलब्ध गराउने सरकारको निर्णय भएपनि अ‍ौषधि दिने डाक्टर तथा नर्सको अभावमा विरामीले उक्त सेवा लिन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउंदा कम खर्च हुनाको साथै घर छाडेर टाढा जानु नपर्ने भएता पनि उपचार नपाउंदा बाध्य भएर उपचारको लागि घरछाडेर काभे्र आउनु परेको बिरामीहरुको भनाई रहेको छ ।

    बाह्रविसे नगरमा रहेको प्राथमिक केन्द्रमा विगत बर्षहरुमा उपचारको लागि केहि सहज भएता पनि हाल आएर डाक्टर र अन्य कर्मचारी समेत नहुंदा निजि क्लिनिक जानु परेको सञ्चमाया तमाङ बताउनु हुन्छ । बाह्रबिसेमा भएको क्लिनिकमा पनि राम्रो उपचार नहुंदा काभे्र आउनु परेको उहाँको गुनासो रहेको छ । ग्रामिण बस्तिका गरिवि जनताको लागि लक्षीत गरी सरकारले निःशुल्क औषधिको व्यवस्था गरेपनि डाक्टरको व्यवस्था नहुंदा समस्या परेको उहाँको भनाई छ ।

    बनेपा स्थित शिरमेमोरियल अस्पतालमा छोराको उपचार गराउन आउनु भएको भोटेकोशी गाउंपालिका मार्मिङ् घर वताउने सानु कान्छि तामाङको गुनासो पनि उस्तै रह्यो । उहाँले भन्नुभयो, जिल्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन पाएको भए ऋण लाग्दैन थियो, तर छोराको उपचारको लागि काभे्रको बनेपा आउनु परेपछि ऋण लिनै प¥यो । उहाँले भाभुक बन्दै भन्नुभयो महंगो उपचारबाट जोगिनको लागि प्राथमिक स्वास्थ्य केन्द्र धायौं तर डाक्टर नहुदा बाध्य भएर बनेपा आउनु परेको गुनासो सुनाउनु भयो ।

    बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको १५ दिन विति सकेको अवस्थामा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा स्थानियहरुलाई समस्या परेको छ । सिन्धुपाल्चोकमा मात्रै नभएर अधिकास ठाउमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा दरबन्दि छ, तर डाक्टर नहुंदा समस्या जटिल बन्दै गएको छ । दुर्गममा दरबन्दि भएका डाक्टरहरुले दरबन्दि भएको ठाउंमा (आफ्नो कार्यक्षेत्रमा) सेवा दिनुको बदला निजि क्लिनिक धाउने गर्दा समस्या आएको स्थानियहरुको भनाई रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार