२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

पत्रकारलाई गाउंपालिका अध्यक्षको धम्की


२७४३ पाठक संख्या

आर.एल.श्रेष्ठ बनेपा-नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश समिति सदस्य रामबिकास चौधरीलाई समाचारको विषयलाई लिएर रुपन्देहीस्थित

  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २५, सोमबार मा प्रकाशित ६ साल अघि
  • आर.एल.श्रेष्ठ

    बनेपा-नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश समिति सदस्य रामबिकास चौधरीलाई समाचारको विषयलाई लिएर रुपन्देहीस्थित सम्मवरीमाई गाँउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको छ ।

    सो धम्किको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ केन्द्रको ध्यानाकर्षण भएको छ । समाचार संकलानको लागि गाँउपालिकाको कार्यालय पुगेका चौधरीलाई अध्यक्ष शुक्लाले सिटिजन्स पोष्ट अनलाइनमा ‘सरकारी सवारी साधनमा निजी नम्बर’ शीर्षकमा प्रकाशित समाचार र लिखित निवेदनमार्फत सूचना मागेको भन्दै दुव्र्यवहार गर्दै हातमा समातेर गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली गोरखपुर पु¥याइदिने भनेर धम्क्याएको पीडित पत्रकार चौधरीले बताएका छन् ।

    प्रकातिशत तथा प्रसारित समाचारको विषयमा चित्त नबुझे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारलाई छाडेर सार्वजनिक पदमा बसेका व्यक्तिबाट भएको यस्तो गैरजिम्मेवार कार्य प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा भत्र्सना गर्दछ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ । पत्रकार महासंघ केन्द्रिय महासचिव रमेश विष्ट द्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार