२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

वनेपा वहुप्राविधिक शिक्षालयकाे निःशुल्क तालिम सुरू।


६९८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र १३, बुधबार मा प्रकाशित ७ साल अघि
  • माेहन गजुरेल /काभ्रे 

    प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रत्येक प्रदेशका ६ हजार युवाका दरले ७ प्रदेशमा ४२ हजार युवालाई सीपमुलक तालिम दिई दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले विभिन्न सीपमा तालिम संचालन गरिरहेको छ।सातै प्रदेशका देशभर रहेका आफ्ना आंगिक संस्थाहरू मार्फत तालिम धमाधम संचालन गरिरहेका छन् ।त्यसै अन्तर्गत ३नं. प्रदेशकाे नेपाल वनेपा पाेलिटेक्निक ईन्ष्टिच्युटले पनि काभ्रेकाे विभिन्न स्थानहरू र सिन्धुपाल्चोकको चौतारा सांगाचाेकगढि नगरपालिकाकाे ७ स्थानमा तालिम संचालन गर्न लागेकाे छ।


    तालिम संचालनकाे क्रममा वनेपा नगर भित्र संचालन हुन लागेका विभिन्न सीपका ८ वटा तालिमकाे चैत्र १० गते पाेलिटेक्निक कै वहुउदेश्य भवनमा एक कार्यक्रमका विच तालिम उद्घाटन गरियकाे थियाे।शिक्षालयका प्रमुख मिष्टर कान्त मैनालिकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सवा नेपाल काभ्रेका संयाेजक लक्ष्मी भालू श्रेष्ठ ,शिक्षालयका विभिन्न विभागका विभागिय प्रमुखहरू ,प्रशिक्षकहरू हाेटल व्यवस्थापनका सत्यदेव पंडित,ईलेक्ट्रिकलका सुवाेध लम्साल,सुनिल शाह,प्लम्वरमा सिभिल ईन्जिनियर रविन्द्र प्रजापति,गाेकुल कुंवर,सिलाईमा गंगा तामाङ ,सुजना भुजेल,रूपकला वादे,सविना नकर्मि,माेवाईल फाेनमा प्रतिमा पौडेल ,प्रदिप श्रेष्ठ ,प्रिति जिरेल लगायतका अतिथिहरूकाे उपस्थिति रहेको थियाे।

    कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षालय प्रमुख मैनालिले सीक, कमाउ र तिरको अवधारण लागु गरी आय आर्जनबाट विपन्न वर्गलाई प्राविधिक शिक्षा तर्फबाट तालिम दिई स्वराेजगार वनाई वेराेजगारकाे संख्यालाई न्युनिकरण गर्ने सरकारकाे लक्ष्य तथा उदेश्य अनुसार सिटिईभिटिले नि:शुल्क छाेटाे अवधिका तालिम कार्यक्रम संचालन गरेको आफ्नो धारणा व्यक्त गरे।पाेलिटेक्निकले विभिन्न सीपहरू कुक,वेटर,विल्डिङ्ग ईलेक्ट्रिसियन,प्लम्वर,कम्प्युटर अपरेटर,व्युटिसियन,सिलाई,हाते ईम्व्राेईडर,ढाका निटर,माेवाईल फाेन मर्मत ,वेमौसमि तरकारी उत्पादक लगायतका व्यवसायका तालिमहरू सुरू गरिरहेकाे छ।

    तालिम नि:शुल्क हुनेछ भने एक विषयकाे तालिममा २० जना प्रशिक्षार्थी र २ विषय विज्ञ प्रशिक्षक हुनेछन् ।दैनिक ६ घण्टाका दरले ६५ दिन संचालन हुने तालिम ३९० घण्टाकाे चल्ने छ।तालिम अवधि पूरा भयपछि सवै व्यवसायकाे राष्ट्रिय सीप परीक्षण समिति NSTB वाट तह १ काे सीप परीक्षण गराईने छ।सीप परीक्षणवाट सफल व्यक्तिले पायकाे प्रमाणित प्रमाणपत्र देश तथा विदेशमा मन्यता हुनुका साथै युवा स्वराेगारमा पनि प्रमाणपत्र धिताे राखेर विभिन्न वैंकहरू मार्फत ऋण सुविधा पाउनेछन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑