२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

तामाङ् चलचित्रको च्यारिटी सो माघ २७ मा


३२९४ पाठक संख्या

भक्तपुर-तामाङ भाषामा मनोरञ्जनात्मक ढंगबाट तयार पारेको चलचित्र मायासे लासी माघ २७ गते राष्ट्रिय नाँचघर जमलमा

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • भक्तपुर-तामाङ भाषामा मनोरञ्जनात्मक ढंगबाट तयार पारेको चलचित्र मायासे लासी माघ २७ गते राष्ट्रिय नाँचघर जमलमा विशेष च्यारिटी शो हुने भएको छ ।
    तामाङ कथानक चलचित्र मायासे लासी २ को सफलता पछि मायासे लासी ३ लाई छिटै बजारमा ल्याउने उद्देस्यले च्यारीटि शो गर्न लागेको जानकारी प्राप्त भएको छ । मायसे लासी १ र २ भन्दा फरक विषयवस्तुमा निर्माण भएको मायसे लासी ३ वाट १० वर्षे जनयुद्दले जनजातीहरुका माझ भएको उत्पीडन र पारिवारीक समस्या लाई दर्शाउँदै घर घरको समस्यामा नै आधारीत गरी निर्माण भएको जानकारी प्राप्त भएको छ ।

    जनयुद्धकालको यथार्थ घटना हिंसाले कहिले पनि कसैको भलो नगर्ने र हिंसाले हिंसाकै बाटो रोजिरहने हिंसालाई मायालेमात्र साम्य पार्न सकिने कथालाई यस चलचित्रमा प्रष्ट रुपमा प्रस्तुत गर्न खोजिएको छ । सक्सेस फिल्मस प्रालिको ब्यानरमा बनेको तामाङ कथानक उक्त चलचित्र मा मुस्कान वाईबाको प्रस्तुती रहको छ भने निर्माता भगवती मोक्तान र सह निर्माता माईली घिसिङ सङ्गै निर्माण सहयोगीमा गणेश लामा रहनु भएको छ । डिबि मोक्तानको पहिलो निर्देशन रहेको यस चलचित्रलाई शंकर महर्जनले द्वन्द निर्देशन गर्नु भएको छ । प्रकाश मोक्तानको कथा तथा पट्कथा रहेकोे यस चलचित्रका कार्यकारी निर्माता भने प्रेम लामा मोक्तान रहनु भएको छ । यस चलचित्रमा केशव अधिकारि, रबि कोइरालाले छायांकन गर्नुभएको हो भने सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।

    चलचित्रमा चार गित समाबेश गरिएको छ ,जसमा कुमार श्याङबाको शब्द रहेको छ भने विशाल काल्तानको संगित तथा सन्तोष लामा जितु लोप्चनको आवज रहेको छ । काभ्रे ,सिन्धुली, काठमाडौ लगायत विभिन्न रमणीय स्थलहरुमा शुटिङ भएको यस चलचित्रमा तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान, तामाङ चलचित्र जगतका सफल एवं कुशल नायिका सीता लामा, तामाङ चलचित्र जगतकै चर्चित खलनायक बिकाश श्याङ्तान, अमर लामा माइली घिसिङ, बुद्ध लामा, बिजय लामा, अर्जुन लामा गोकुल लामा लगायत चन्द्र लामालाई यस चलचित्रमा प्रमुख पात्रका रुपमा देख्न सकिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार