२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

पाँचखालका हरिलाई रजत दोस्रोको उपाधी


२६४६ पाठक संख्या

पाँचखाल-छिमेकी मित्रराष्ट्र भारतमको मुम्बईमा हालै सम्पन्न क्योकुसिन खुल्ला कराते तर्फ सहभागी हुंदै पाँचखाल नगरपालिका वडा

  • नवसंकेत अनलाईन
  • २०७५ माघ २२, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-छिमेकी मित्रराष्ट्र भारतमको मुम्बईमा हालै सम्पन्न क्योकुसिन खुल्ला कराते तर्फ सहभागी हुंदै पाँचखाल नगरपालिका वडा नं १२ निवासी हरि दनुवारले रजत दोस्रो हात पर्न सफल भएका छन् ।

    विगत लामो समयदेखी खेल क्षेत्रमा सकृय रहंदै आएका दनुवारले विगतमा पनि बिभिन्न उपाधिहरु हासिल गर्न सफल हुदै आएका थिए । खेल क्षेत्रबाट आफ्नो जन्म भूमि साथै देशलाई परिचित गराउने अठोट लीएर अगाडी बढेका दनुवारको एक पछि अर्को गर्दै सफल हासिल गर्दै आएका छन् ।

    पाँचखाल निवासि हरिका सोच अनुसार कार्य गर्न हौसला प्रदान गर्दै आएका काभे्रका प्रमुख प्रशिक्षक अशोक जंग दनुवारको भूमिकाले गर्दा पनि हरिले पाँचखाल नगर , काभे्र जिल्ला साथै नेपालकै नाम उच्च राख्न सफल भएका हुन् । सो खेलमा हरि दनुवार लगाएत ६ जना नेपालीले नेपालको नाम उच्च राख्न सफल भएका थिए । जसमा ६ स्वर्ण , ३ रजत र १ कास्य हासिल गर्दै नेपाली टिम च्याम्पियन बन्न सफल भएका छन् । पुरुष ५० केजी तर्फ अडनिमा शेर्पा, ५५ केजिमा दीपेन्द्र क्षेत्री, ६५ केजीमा विकास गुरुङ रहेका छन् । त्यसैगरी खुल्ला करातेमा सुनिल नगरकोटिले स्वर्ण पदक हासिल गर्न सफल भए, महिला ५५ केजीमा शान्ति थापामगर, खुल्ला तर्फ मञ्जु विकले हासील गरेका थिए ।त्यसैगरी पुरुष खुल्लामा सनी सिंह, पुरुष ६५ केजीमा हरि दनुवार र पुरुष जुनियर काँटामा दिपेन्द्र क्षेत्रीले उपाधी हासिल गर्न सफल भएका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार