२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

प्याबसन काभ्रेको सक्रियता


३१९६ पाठक संख्या

बनेपा-केहि वर्षदेखि नाम मात्रको संस्थाको रुपमा सिमित हुन पुगेको प्याब्सन काभे्रेले आफूलाई चलाएमान बनाउन खोजेको

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २१, मंगलबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-केहि वर्षदेखि नाम मात्रको संस्थाको रुपमा सिमित हुन पुगेको प्याब्सन काभे्रेले आफूलाई चलाएमान बनाउन खोजेको आभास मिलेको छ । प्याब्सन काभ्रेले जुझारु अभिभावक प्राप्त गरेको सरोकारवालाहरुको ठम्याई छ ।

    सोही अभिव्यक्तिलाई पुष्टि हुने क्रियाकलाप हुदै गरेको सम्बन्धित पक्षको दावी छ । नेपाली उक्ति “हुने बिरुवाको चिल्लो पात” भने जस्तै प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भुमिकाका बारेमा व्यबहारिक ज्ञानको बिजारोपन गर्न पछि नपर्ने बताउनुहुन्छ । जसको सुरुवात आसन्न एस.ई.ई. को पूर्व सन्ध्यामा एस.ई.ई. को पूर्व तयारीका बारेमा जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रमलाई प्राथामिकता दिएको छ । प्रशिक्षण तथा सामाजिक समन्वय विभागको विशेष पहलमा कार्यक्रम अघि लगिएको विभाग प्रमुख महेन्द्र थिङको तर्क छ ।

    प्याब्सन काभ्रेको सक्रियतामा स्थनिय प्याब्सनको समन्वयमा बनेपा, पनौती र पाँचखाल क्षेत्रका करिब १५ सय को हाराहारीमा विद्यार्थीले आफ्नो सहभागिता जनाएको प्याब्सन काभ्रेले जनाएको छ । प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठका अनुसार विद्यार्थीहरुलाई बाहिरी वातावरण संग सहकार्य गर्न र व्यवाहारिक ज्ञानको आवश्यकता अनुभुति गर्न यस्ता किसिमका क्रियाकलापहरु कोषे ढुङ्गा सावित हुने बताउनु हुदै किताबी ज्ञान भन्दा बढी यस्ता किसिमका क्रियाकालाप आवश्यक पर्ने बताउनुहुन्छ । तसर्थ पनि प्याब्सन काभ्रेले हिजोको रटान निति भन्दा माथि उठ्न आवश्यक छ ।

    आफूलाई समय अनुकुल चलाउन पनि आवश्यक छ । अन्यथा सामुदायिक विद्यालय र संस्थागत विद्यालका बिचमा कुनै भिन्नता नहुने संभावना बढेर गएको छ । त्यसकारण पनि संस्थागत शैक्षिक संस्थाहरुमा सुसुप्त अवस्थामा रहेको अन्तरनिहित क्रियाकलापलाई बाहिर ल्याउनु मात्रै यो कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । हिजोको अवस्थामा सुसुप्त अवस्थामा थियो भन्न खोजेको हो । तर हामीले नै बाहिर ल्याएका थिएनौ । अब त्यो अवस्था रहेन प्रविधिले मानिसलाई साँघुरो बनाइदिएको छ । त्यसैले केहि गर्न खोजेका हौँ । यो क्षेत्रका लागि सुखद् पक्ष हो भन्नुहुन्छ अध्यक्ष श्रेष्ठ । त्यस्तै संस्थागत विद्यालयको उत्पादनलाई अझै व्यवाहारिकमुखी बनाउने दायित्व प्याब्सनको रहेको धारणा राख्नुहुन्छ प्याब्सन काभ्रेका सचिव सुरेन्द्र श्रेष्ठ ।

    उक्त अभिमुखी कार्यक्रममा सम्बन्धित क्षेत्रका विद्यालयका प्रिन्सिपल र विज्ञान विषय शिक्षकहरुको पनि सहभागिता रहेको थियो । यस किसिमको सक्रियता पश्चात एस.ई.ई. को परिणाममा अझ सुधार आउने विश्वास प्याब्सन काभ्रेको रहेको जानकारी समेत गराइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार