लामो समयदेखि यातायात व्यवसायिहरुले आफु अनुकुलको भाडा निर्धारण गर्दै सेवाग्राहिरुको समस्यालाई कुनै वास्ता नगरी व्यवसायिहरुको
लामो समयदेखि यातायात व्यवसायिहरुले आफु अनुकुलको भाडा निर्धारण गर्दै सेवाग्राहिरुको समस्यालाई कुनै वास्ता नगरी व्यवसायिहरुको हितको लागि मात्रै कार्य गर्दै आएका छन् । थोत्रा सवारी साधन संञ्चालन गर्दै मनलाग्दि ढंगको भाडा दर निर्धारणले सेवाग्राहिरु समस्यामा पर्दै आएका छन् । थोत्रा सवारी साधनमा उरन्ठेउला सवारी चालकको भरम जोखिम पुर्ण ढंगबाट यात्रा गर्नु पर्ने बाध्यातमक अवस्थाको अन्त्यको लागि सरकारले चालेको कदम स्वागत योग्य छ । व्यवसायिहरुले सवारी धनिहरुलाई वढि आम्दानि गर्ने वातावरण तयार गर्नको लागि सस्तोका सवारी चालकहरुको छनोट गर्ने गरेका छन् । सस्तोकोमा श्रम गर्ने सवारी चालकहरु भनेको अर्दक्षता साथै अधिकाँसको सवारी चालक अनुमति पत्र नभएकाहरु छनोट गर्दा सवारी दुर्घटना समेत बढि हुने गरेको पर्याप्त उदाहरणहरु रहेको छ ।
व्यवसायिहरुले सेन्डिकेटको नाममा नयाँ र सुबिधा सम्पन्न साथै दक्षता हासिल गरेका सवारी चालकहरुलाई पाखा लगाउंदै १८ औं शताव्दिकै सैलीमा सार्वजनिक यातायातको सवारी साधनमा क्षमता भन्दा वढि यात्रुहरु कोच्दा सास्ति खेप्नु परेको छ । यात्रु बाहक सवारी साधनले माल बाहक सवारी साधनमा सरह दाल चामल ढुवानी गर्ने गर्दा दुर्घटना भएको पर्याप्त उदाहरणहरु हुदा समेत व्यवसायिहरुको चेत खुल्न सकेको अवस्था छैन । काभे्रकै सन्दर्भमा अध्ययन गर्दा चैत्र १ गतेबाट काठमाडौ चक्रपथ परिक्रमा गर्दै बनेपा सम्म सेवा दिने उद्देस्यले सुबिधा सम्पन्न साथै सुलभ भाडा दरमा मयुर यातायात भित्रियो । सो यातायातसंग प्रतिस्पर्धा गरेर सेवा सुबिधाको विस्तार गर्नुको वदला शक्ति प्रदर्सण तर्फ व्यवसायिहरु अग्रसर रहंदा अन्य दुई यातायातले सेवा सुरु गर्ने अवसर प्राप्त हुंदा सेवाग्राहिहरु लाई सहज हुन पुग्यो ।
लामो समयदेखि सेन्डिगेटको नाउमा सेवा दिदै आएका काभे्रका व्यवसायिहरुलाई काभे्रलिले साथ नदिएको अवस्थामा थप आन्दोलन गर्न खोज्नु फाईदाको वदलामा घाटा हुन पुग्यो । आन्दोलनको सुरुवातीमा आफ्ना सवारी साधनहरु संञ्चालन नगरी नयाँ भित्रिएका सवारी साधनलाई अवरोध गर्दा स्थानियहरु नयाँ व्यवसायिको पक्षमा सडकमा उत्रिएको दृस्यले पुराना व्यवसायिले सोच्नु पथ्र्यो । जनताको साथ नपाएको अवस्थामा कानुनलाई नमान्य साथै सरकारलाई फेल गरानउने ढंगको आन्दोलन सफल रहन्न । व्यवसायिहरु आन्दोलनमा उत्रदा घाटा हुने उदाहरण पहिलो चरणको आन्दोलनले प्रस्ट पारेको छ । जव काभे्रली व्यवसायिहरुले आन्दोलनको घोषणा गरे न त सो घोषित आन्दोेलन असफल सावित भई अन्य सवारी साधनहरुले सेवा दिने मौका पाए । मयुरले भित्र्यायको २० वटा सवारी साधन मध्य ४ वटा कामै नलाग्ने गरी क्षति पु¥याएको र १० वटाको सिसा फुटाएको अवस्थामा जिन तिन ७÷८ वटाले सेवा दिदै आएकोमा त्यसलाई समेत बन्द गर्न खोज्दा चोक्टा खान गएको वुडि झोलमा डुवेर मरेको जस्तै भयो । ७ वटा मयुरलाई हटाउन खोज्दा साझा यायायात र सिटिवसले समेत सेवा सुरु ग¥यो ।
वाम गठबन्धनको सरकारले यात्रुहरुको हित साथै व्यवसायीहरुलाई समान ढंगले हेर्ने उद्देस्यका साथ सिन्डिकेट खारेजीको तयारी गर्दा आम नेपाली जनताले खुुसि व्यक्त गरेका छन् । सरकारको नयाँ ढंगको योजनाले गर्दा यात्रुहरूले सार्वजनिक यातायातमा केही सहजता पाइरहेको अवस्थामा यातायात व्यवसायीहरूले सरकारलाई चेतावनि दिदै आन्दोलन घोषणा गर्न खोज्नु कुहिनाले पहरो फोर्नु सरह हो । देशैभर सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित यातायात व्यवसायीहरुको भेलाले आन्दोलनकोे घोषणा गर्नुको वदला प्रतिस्पर्दाको आधारमा सेवा दिन उचित रहन्छ । मसलकै आधारमा, तोडफोड गरेकै भरमा सडकमा टायर वाल्दैमा सवै कुरो हुने भए मुलुकमा कानुनको आवस्यकै रहन्न । कानुनलाई उलंघन गर्दै पाखुराकै भरमा मुलुक संञ्चालन हुने भए कानुनलाई पन्छ्याएर बौन्सरहरुको व्यवस्था गरे हुन्छ भन्ने कुरा कसैले भुल्नु हुदैन ।
यातायात व्यवस्था विभागले गरेको निर्णय अमान्य भन्दै व्यवसायिहरुले कानुनको धज्जि उडाउन खोज्नु सान्दर्भिक रहन्न । व्यवसायिले सिन्डिकेट कायम राख्नुपर्ने माग राख्दै यातायात हड्तालदेखि नेपाल बन्दसम्म गर्ने ढंगको सरकारलाई चेतावनि दिनु भनेको कानुनको उलंघन गर्न खोज्नु हो । कानुनको उलंघन गर्नखोज्दा बिगतमा के भयो र आगामि दिनमा के हुन्छ भन्ने बिषयमा व्यवसायिहरु सचेत भएर अगाडि बढ्न जरुरी रहन्छ । पाखुरा देखाउदै शक्ति प्रदर्सनको वाटो पहिल्याउनुको वदला सहमतिको आधारमा कानुनि मार्ग पहिल्याएर अगाडि बढ्नु व्यवसायिहरुको बुद्धिमानि रहन्छ । अन्यथा आन्दोलनले व्यवसायिहरुलाई घाटा हुन्छ ।
प्रतिक्रिया दिनुहोस