पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा श्रीमद् भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ २८ औं भागवजत कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कृष्ण मन्दिर व्यवस्थापन समिति एवं श्रीमद् भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ २८ औं समारोह समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको मुल उद्देश्य पितृमोक्ष साथै तिनपिप्ले बजारमा निर्माणाधिन अवस्थामा रहेको कृष्ण मन्दिर निर्माण कार्य सम्पन्न गर्ने भएको जानकारी प्राप्त भएको छ ।
तिनपिप्लेमा रहेको ऐतिहासिक कृष्ण मंदिर विनासकारी महांभूकम्पले क्षत विच्छेद पारेपछि स्थानियहरुको सकृयता साथै आर्थिक सहयोग र पुर्व सांसद बिदुरप्रसाद सापकोटा मार्फत संसद बिकास कोषबाट उपलब्ध भएको रकमबाट निर्माण कार्यको सूरुवात भएको थियो । निर्माणाधिन मंदिरको भवन निर्माण कार्य सम्पन्न भएपनि अन्य व्यवस्थापन कार्य बाँकी रहेकोले सो कार्यको पुर्णताको लागि श्रीमद् भागवत सप्ताहको आयोजना गरेको आयोजक पक्षले जानकारी गराउनु भएको छ ।
बैशाख १० गतेबाट सुरु भएको उक्त सपताह बैशाख १८ हिजो (मंगलबार) सम्पन्न भएको छ । अत्यन्त सौहार्द ढंगबाट सञ्चालन भएको उक्त कार्यक्रममा पाँचखाल र आसपासका स्थानिय दानविरहरुले दान गर्नु भएको छ । वाचक पं.शिवप्रसाद सापकोटा र कथा उप—बाचक पं.विष्णुप्रसाद तिमल्सिना समेतको मुखारबिन्दबाट कथा बाचन भएको उक्त कार्यक्रममा धर्म र संकृतिलाई आधार मान्दै झाँकी लिला समेत प्रस्तुत गरेको थियो ।
रु ५ हजार भन्दा माथि दान गर्नेे दानविरहरुको नामावली
प्रतिक्रिया दिनुहोस