२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

पहिरोको कारण ६ को मृत्यु २ घाईते


२६८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • गुल्मी । जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

    जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले पुष्टि गरे । पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।

    गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।

    उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले बताए । पहिरोले बाटो–घाटो तथा पुलमा समेत क्षति पुर्‍याएको छ । जसका कारण घटनास्थल पुग्न सुरक्षाकर्मीले समेत कठिनाइ झेलेका छन् ।

    स्याङ्जाको सीमामा पर्ने घटनास्थलमा उद्धार तथा राहतका लागि पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यद्यपि, प्रहरी त्यसतर्फ अघि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार