२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

पूर्वमाओवादीले विभागको जिम्मेवारी मन्त्रीलाई दिने, खानेपानी प्रमुखको जिम्मेवारी बीना मगरलाई


२४६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ९, बिहिबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-पुर्ब एमाले र पुर्व माओवादी विचको एकताको प्रकृयामा भएको सम्झौता अनुसार पुर्व माओवादीको भागमा परेको बिभागहरु बिभागिय मन्त्रिहरुलाई नै दिने भएको छ ।

    नेकपाका ३३ विभागमध्ये १४ वटा पूर्वमाओवादी केन्द्रको भागमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा पूर्वमाओवादीका तर्फबाट सात जना मन्त्री छन् उनीहरुलाई बिभागिय जिम्मा समेत दिने तयारी गरेको स्रोतले बताएको छ ।

    १४ मध्य ७ बिभाग मन्त्रीहरुलाई दिएपछि बाँकी ७ बिभाग पार्टीका बरिष्ट नेताहरुलाई दिने तयारी गरेको जानकारी प्राप्त भएको छ । पूर्वमाओवादीको भागमा परेका विभागमध्ये राजकीय मामला तथा सुशासनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, जलस्रोत, सिंचाइ तथा उर्जामा वर्षमान पुन, कृषि तथा भूमिसुधारमा चक्रपाणि खनाल, वन तथा वातारवणमा शक्ति बस्नेत, उपभोक्ता हित तथा आपूर्तिमा मातृका यादव, शिक्षा तथा मानव स्रोतमा गिरिराजमणि पोखरेल रहेका छन् । खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा बीना मगरलाई पठाउने सहमति भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु