२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

एक दिनको बैठकमा सात लाख खर्च


२७४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल । जनताबाट निर्वाचित जनप्रतीनिधहरुले नीति निर्माणको लागि बस्ने एक दिनको बैठकमा ७ लाख खर्च हुने गरेको छ । नेपालि जनताबाट तिरेको कर वाट आर्जित उक्त रकम खर्चिदै प्रतिनिधिसभाको बैठक बस्ने गरेको छ । बैठकमा उपस्थित सांसदहरुलाई दिने बैठक भक्ता र बैठक संञ्चालनको लागि तयारीमा उक्त खर्च हुने गरेको छ ।

    संघीय संसद सचिवालयका अनुसार एक दिन बैठक चलाउंदा ७ लाख खर्च हुने गरेको जनाएको छ । बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रसारणको चेकजाँच, जनशक्ति परिचालन, लगायतमा हुने खर्चहरूको एकमुष्ट रकम हो।

    बैठक बस्ने दिन मर्यादापालकलगायत सचिवालयका अन्य कर्मचारीहरू आधा घण्टाअघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। बैठकका पूर्व तयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च भइरहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

    बैठक अवरूद्ध हुँदा पनि सचिवालयको यो खर्चमा भने कमी आउँदैन । बैठक अवरूद्ध भए पनि सचिवालयले सांसदहरूलाई बैठक भत्ता बापत एक हजार र यातायात बापत १ हजार गरी प्रतिसांसद २ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ । बैठक अवरूद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रूपमा रहने गर्दछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार