बाँकेको सीतापुरमा नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेका छन् । घटनामा परी बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने अरु केही सामान्य घाइते भएका छन् ।
राष्ट्रिय जागरण अभियान अन्तरगत खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भइरहेको थियो । केन्द्रीय प्रतिनिधि विद्या खनालकाअनुसार अन्तक्र्रिया सकिएपछि १३ जना युवा नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । साथै गाउँपालिकामा भएको भ्रष्टाचारका विषय पनि उठेको थियो ।
प्रतिक्रिया दिनुहोस