पर्साका किसानले चाहिएको समयमा सरकारले अनुदानमा ल्याउने रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले धानवालीका लागि अहिले युरिया मलको आवश्यकता रहेको तर त्यसकै अभाव रहेको बताएका हुन् ।
नेपाल सरकारको अनुदानमा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले रासायनिक मल वितरण गर्दै आएका छन् ।
किसान अगुवा एवं कृषि सहकारीका सञ्चालक सहरुम राउत गद्दीले धानबालीका लागि युरिया मलको माग बढेको तर त्यस अनुसारको आपूर्ति हुन नसकेको गुनासो गरे । ‘अहिले युरिया मलको खाँचो छ तर कृषि सामाग्री कम्पनीले आवश्यक युरिया नदिएर डिएपी लैजान भनेको छ,’ उनले भने, ‘लाइनमा बसेर आवश्यकता नै नभएको डिएपी लगेर के गर्ने ?’
प्रतिक्रिया दिनुहोस