काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित पक्राउ गरेको छ।
अख्तियारले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन नगरपालिकाका कर्मचारीलाई मिलाउन भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना पाएको थियो। त्यही सूचनाका आधारमा खटिएको आयोगको टोलीले चौधरीलाई घुससहित कार्यालय परिसरबाट मङ्गलबार पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस