नेपाल प्रहरीले दसैंको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ । नागरिक सहजताको लागि नेपाल प्रहरीले बडादशसैंको अवसरमा काठमाडौं उपत्यकामा भोलिलेखि बस निःशुल्क रुपमा संचालन गर्ने भएको हो ।
महाअस्टमी, महानवमी र विजया दशमीका दिन २ वटा रुटमा निशुल्क बस संचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पहिलो रुट नक्सालबाट पुतलीसडक-माईतीघर-कुपण्डोल-एकान्तकुना-बल्खु-कलंकी-कालीमाटी-त्रिपुरेश्वर–रत्नपार्क-दरवारमार्ग हुँदै पुनः नक्साल पुग्नेछ ।
त्यसैगरी, दोश्रो रुट नक्सालबाट मैतीदेवी-गौशाला-कोटेश्वर-तीनकुने-बबरमहल-माइतीघर-त्रिपुरेश्वर-नागस्थान-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-वालुवाटार हुँदै नक्सालसम्मको रुटमा निशुल्क बस सञ्चालन गरिनेछ ।बस सेवा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस