जनकपुरधाम । धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहानमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको छुराबाट देवरानीको ज्यान गएको छ ।
घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयाको हो । यहाँ निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको विवाद छुरा प्रहारसम्म पुग्दा सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी कार्कीका अनुसार छुरा प्रहारबाट घाइते भएकी जेठानी–देवरानीलाई उपचारका लागि जनकपुरस्थित काव्या हस्पिटलमा ल्याइएको थियो । तर, उपचारकै क्रममा सहानीको मृत्यु भयो ।आफैंले आफ्नै शरीरमा गरेको छुरा प्रहारबाट घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस