२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

दुग्धेश्वर मन्दिरमा मालिको व्यवस्था, धर्मको माध्यमले मानिसलाई सु—मार्गमा हिडाउछ-खरेल


३४२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँचखाल नगरको गहना भनेको ऐतिहासिक धरोहरहरु रहेको वताउनु भयो ।

    पाँचखाल नगरको मुटुमा रहेको ऐतिहासिक दुग्धेश्वर मंदिर संरक्षण साथै मंदिर हातामा ६४ शिवलिंग, गणेश मुर्ती, नारायणको मुर्ती समेतको उद्घाटन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि खरेलले धर्म भनेको मानिलाई सुमार्गमा डोहो¥याउने माध्यम भएको बताउनु भयो ।

    प्रमुख अतिथि खरेलले थप्नुभयो धर्मले देखाएको बाटोमा नहिड्दा बिभिन्न विक्रितिहरु निम्तिएको बताउनु भयो । कुनै पनि धर्मले मानवजातिको हितको लागि मार्ग देखाउने माध्यम भएकोले धर्ममा आस्था राख्नु अति आवश्यक भएको बताउनु भयो । पैसा कमाउने होडमा धर्मलाई विर्सिदा समस्याहरु आएको वताउंदै खरेलले भन्नुभयो पहिला धर्मकार्यलाई समय दिनु पर्छ , पैसा कमाउने कार्यलाई दोस्रो प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

    उद्घाटन कार्यक्रममा प्रमुख अतिथि खरेलले भन्नुभयो “सत्य युगदेखि नै पाँचखालमा रहेको ४ मंदिरले गर्दा नगरलाई परिचित गराएको छ” । नगरमा रहेको मन्दिरहरु मध्य दुग्धेश्वर महादेव मन्दिर, भगवान महांदेवको श्रीमति सतिदेविको मृत्यु पश्चात सतिको छाला पतन भएको स्थानको रुपमा परिचित रहेको ऐतिहासिक मंदिर भएको बताउनु भयो । ऐतिहासिक मंदिरहरुको संरक्षण गर्नु नगरको साथै स्थानियहरुको कर्तव्य भएकोले नगरको तर्फबाट ऐतिहासिक मंदिरको संरक्षणको लागि मालिको व्यवस्था गर्ने बताउनु भयो ।

    सप्ताहको समेत आयोजना गरी मंदिरको संरक्षण साथै स्थापना गरेकोमा खुसि व्यक्त गर्दै प्रमुख अतिथि खरेलले पाँचखालको इतिहासको रुपमा रहेको पलाञ्चोक भगवति, दुग्धेश्वर महादेव, धनलक्ष्मी र कोटदेवीको संरक्षण साथै भक्तजनहरुलाई आवत जावत कोलागि सहज गर्न सडकको व्यवस्थ गर्ने बिषयमा नगरपालिका लागि रहेको बताउनु भयो । उहाँले भन्नुभयो आफु पाँचखालको हितको लागि कार्य गर्ने सेवक रहेकोले नगरवासिहरुको हातमा हात, काँधमा काँध मिलाएर अगाढी बढ्ने बताउनु भयो ।

    मंदिरको हातामा ६४ शिवलिंग साथै गणेश र नारायणको मुर्तीको अभाव महसुस गर्दै रामहरी गिरीको अध्यक्षतामा गठित दुग्धेश्वर मंन्दिर व्यवस्थापन समितिको पहलमा २०७५ माघ २८ बाट फाल्गुन ७ गते सम्म एक्काइसौ ज्ञान महायज्ञ सप्ताहको आयोजना गरेको थियो । सप्ताहमा मंदिरको संरक्षण साथै आवस्यक मुर्तीहरुको व्यवस्थापन गर्न दानबिरहरुले दान गरेका थिए ।

    सप्ताहबाट आर्जीत रकम साथै पाँचखाल नगरपालिकाको वजेट र राजकुमार श्रेष्ठको अगुवाईमा पाँचखालमा रहेका इट्टा व्यवसायीहरुको तर्फबाट नारायणको मुर्तीको लागि भएको सहयोग समेतबाट मंन्दिरको संरक्षण साथै ६४ शिवलिंग, गणेश मुर्ती, नारायणको मुर्ती स्थापना गर्ने कार्य सम्पन्न भएको छ । सप्ताहबाट साथै नगरपालिकाबाट गरी ३५ लाख ९३ हजार ९ सय ७ रुपैया आर्जीत रकमबाट सप्ताहमा खर्चगरी वचेको रकमबाट उक्त कार्य सम्पन्न गर्दा आर्जीत रकमले केही रकम अपुग भएको जानकारी प्राप्त भएको छ । समितिका उपाध्यक्ष प्रकाश तिमल्सिनाका अनुसार कार्य सम्पन्न गर्दा केही रकम अपुग भएकोमा हाललाई सापटि गरी समिसतको तर्फबाट जुटाएको बताउनु भयो ।

    मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरी गिरीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दानविरहरुको तर्फबाट रमेशराज गिरी, समाजसेवि एवं राजनीतिज्ञ रमेश कुमार महत, पाँचखाल वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी लगाएतले मंदिरको थप व्यवस्थापनको लागि आफुहरु निरन्तर रुपमा अगाडी बढ्ने बताउनु भयो । पवन सापकोटाले संञ्चालन गरेको उक्त कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष प्रकाश तिमल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा आउवनु भएका गोल्डेन फ्युचर माध्यमिक विद्यालय संञ्चालन समितिका अध्यक्ष एवं समाजसेवि बद्री महतले मंन्दिर हातामा पितलको वसाह व्यक्तिगत ढंगबाट व्यवस्था गर्ने वताउनु भएको थियो । उहाँले सप्ताह कार्यमा पनि २५ हजार ५ सय चन्दा दिनु भएको थियो ।

    पाँचखालमा पिकनिक पार्क निर्माण हुने

    ऐतिहासिक मंदिरै मंन्दिरको थलोको रुपमा परिचित पाँचखाल नगरमा पिकनिक पार्क निर्माण गर्ने तयारी गरेको छ । पाँचखालमा रहेको धरोहरहरुको अवलोकन साथै दर्शन गर्न आउने भक्तजनहरु तथा आन्तरिक र वाह्य पर्यटकलाई लाई सहजताको लागि पार्क निर्माण गर्न लागेको पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोकवहादुर भण्डारीले वताउनु भयो ।

    प्रमुख प्रशासकिय अधिकृत भण्डारीका अनुसार पाँचखाल वडा नं ३ मा रहेको भैंसे सामुदायिक बनमा पिकनिक पार्क निर्माणको लागि प्रदेश सरकारबाट २० लाख र पाँचखाल नगरबाट १० लाख बजेट व्यवस्था भएको छ । सो स्थानमा पार्क निर्माण पश्चात दुग्धेश्वर मंन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई पनि सहज हुने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार