२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

नेकपाको दुई वडामा काँगे्रस विजयी


२२८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । अर्खाखाँची र दाङमा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो ।

    घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे ।कांग्रेसका ताराबहादुर डीसीले १ हजार २ सय १८ मत हासिल गर्दा नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत पाएका छन् । नेकपाका बागी उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत पाए ।

    यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका लक्षिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको हो ।

    शनिबार भएको उपनिर्वाचनमा ३ हजार २ सय २६ मत खसेकोमा ६८ मत बदर भएको थियो । अन्य उम्मेदवारहरु समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत पाए ।

    अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १ सय ५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाए ।राप्रपाका रणबहादुर खनालले ४ मत पाए भने ९ मत बदर भएको थियो ।

    ३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार दुई सय २५ मत खसेको थियो ।नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो । गत निर्वाचनमा शोभाखर ३६ मतले पराजित भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार