हेटौंडा । प्रदेश ३ सरकारले १३औं दक्षिण एशीयाली खेलकुद (साग) पदक जित्ने प्रदेशभित्रका खेलाडीहरुलाई नगद पुरस्कार दिने भएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सागका स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य विजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले दिने नगद पुरस्कार पदक विजेता प्रदेश ३ का खेलाडीहरुले मात्र पाउने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस