विराटनगर । विराटनगर महानगरपालिकाको एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । विराटनगर महानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिजय कामतले बिष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् ।
आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
जनप्रतिनिधिले आत्महत्या प्रयास गरेको सूचना प्रहरीमा पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार वडा अध्यक्षले आत्महत्या प्रयास गरेको मौखिक जानकारी पाएको बताए ।
प्रतिक्रिया दिनुहोस