४ मंसिर, सप्तरी । सप्तरीका एक जना वडा सचिव मंगलबार साँझ घुससहित पक्राउ परेका छन् । जिल्लाको महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र सदरमुकाम राजविराजबाट घूससहित पक्राउ परेका हुन् ।
राजविराज नगरपालिका २ स्थित तेतरी गाछीको एक चिया पसलमा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले मिश्रलाई घुसवापत लिएको रकमसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस