२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

हिमपात शुरु, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान


२६१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • नेपालमा शक्तिशाली वायु प्रवेश भएसँगै हिमपात शुरु भएको छ । हुम्ला, डोल्पालगायतका हिमाली जिल्लाहरुमा बिहिबार बिहानैदेखि हिमपात शुरु भएको हो । हिमपात शुरु हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।

    पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान शााखाले जनाएको छ । महाशाखाले पश्चिमी हिमाली भुभागमा बिहिबार हल्का हिमपात हुने सम्भावना छ भने शुक्रबार बिहानदेखि शनिबार साझ सम्म भारी हिमपातको पुर्व अनुमान गरिएको छ । महाशाखाको विशेष बुलेटीन अनुसार बिहीबार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको छ ।

    यस्तो छ ३ दिनको मौसम अनुमान

    मंसिर २६ गते (बिहीबार)

    दिउँसोकोे समयमा देशभर पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहनेछ पश्चिम भेगका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात रहने सम्भावना छ । राति देश भर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानमा साथै पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

    मंसिर २७ गते (शुक्रबार)

    दिउँसो देशभर केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने देखिन्छ।

    राति देशभर पश्चिमी भेगका धेरै स्थान साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

    मंसिर २८ गते (शनिबार)

    दिउँसो मध्य तथा पूर्वका केही स्थानमा साथै पश्चिम थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

    राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार