२ पुस, गोरखा । गोरखाको धार्चे गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय उज्वल गुरुङका अनुसार करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए ।उनको घटनास्थलमा नै मृत्यु भएको हो । सदरमुकामदेखि एक दिन टाढाको उक्त गाउँमा घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको छ ।
प्रतिक्रिया दिनुहोस