सिरहा — सडक डिभिजन कार्यालय सिरहाका निमित्त प्रमुख विनोद साहसहित तीन इन्जिनियर १९ लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले लहानबाट शुक्रबार उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको हो ।
निमित्त डिभिजन प्रमुख विनोद साह कार्यालय प्रमुखको आवासबाट ३ लाख र सिरहा डिभिजनकै इन्जिनियर नवीनकुमार साह र सब–इन्जिनियर वीरेन्द्रकुमार साह कर्मचारी आवास गृहबाट १५ लाख ९६ हजार रुपैयाँ घूससहित पक्राउ परेको आयोग मुख्यालयद्वारा शनिबार राजधानीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस