पनौती/पनौती नगरपालिका वडा नं ९ जाईडोल निवासी सुमन तामाङको छोरी २२ महिनाको कृष्टिना तामाङ पानी डुवेर मृत्यु भएको छ ।
घर नजिकै रहेको जागेश्वरी ईट्टा भट्टाले ट्वाईलेट बनाउन खनेको खाल्टोमा जमेको पानीमा खेल्दै जाने क्रममा लड्न गई पानीमा डुबेको अबस्थामा फेला परेको थियो ।
तत्काल उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाइएकोमा उपचारको क्रममा शनिबार दिउसो ४ बजे मृत्यु भएको डाक्टरले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय काभे्रले जानकारी गराएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस