काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दिन अहमदको हत्या भएको छ । तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् ।
पेशाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अहमद ७ पटक नेपाल आएको राहदानीमा भएको रेकर्डले देखाउँछ । क्यासिनो खेलेर रमाइलो गर्ने सौखकै कारण नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अहमद र दुला मियाले सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेका थिए । हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिँदा रातको साढे ९ बजिसकेकाले ट्याक्सी लिएर उनीहरु सिधै होटलतिर लागे ।
त्यसक्रममा अहमदको मृत शरीर रगताम्ये अवस्थामा भेटियो । ‘प्रायः होटलमा पनि नखाने र दिउँसो बाहिर पनि ननिस्किने भएकाले पहिले वास्ता गरेनौं’, होटलका कर्मचारीले भनेका छन्, ‘त्यसैले भोलिपल्ट मात्र घटनाबारे थाहा भयो ।’ महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवर भन्छन्, ‘हामीलाई घटना भएको एक दिनपछि सवा ४ मात्र खबर आयो । त्यसैले अनुसन्धान थाल्न ढिलाइ भयो ।’
प्रतिक्रिया दिनुहोस