संखुवासभा । प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा आलोकचन्द्र न्यौपानेको मृत्यु भएको छ ।एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमको समीक्षा तथा दिगोपनासम्बन्धी चैनपुर नगरस्तरीय कार्यशाला गोष्ठी चलिरहेको बेला न्यौपाने ढल्नुभएको थियो ।
चैनपुर नगरपालिकाद्वारा सञ्चालित कार्यशालामा प्रशिक्षण दिने क्रममा बेहोस बनेका ४९ वर्षीय न्यौपानेलाई उपचारका लागि नजीकको स्वास्थ्य केन्द्र हेल्पिङ ह्यान्ड्समा लैजाँदै गर्दा साँझ ६:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस