२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

सैनिक मुख्यालयमा एकको मृत्यु


२८३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ९, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डामा सोलार प्यानल मर्मत गर्ने क्रममा क्रेनबाट खसेर एक कामदारको मृत्यु भएको छ ।

    मृत्यु हुने कामदार सोलुखुम्बु निबासी ५३ वर्षीय भूपकुमार श्रेष्ठ रहेका छन् । उनी जंगी अड्डामा रहेको सोलार प्यानल मर्मतका लागि क्रेनमाथि चढेका थिए ।

    अचानक क्रेनबाट खसेपछि उनलाई ब्यु क्रस अस्पतालमा पुर्‍याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गर्‍यो । जंगी अड्डामा सोलार जडान गरेको ठेकेदार कम्पनीले नै श्रेष्ठलाई प्यानलहरुको मर्मतका लागि जंगी अड्डामा पठाएको थियो ।दुर्घटनामा परी श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिनाले पुष्टि गरेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार