स्वास्थ्य मन्त्रालयलाई ५ करोड रुपैयाँ बजेट रकमान्तरको अनुमति दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न ५० करोड निकासा भएको छ । उनले भने, ‘चीनको वुहानबाट १ सय ७४ नागरिकलाई उद्धार गर्दा १३ करोड रुपैयाँ खर्च भएको छ ।’ यस आधारमा हालसम्म १ अर्ब ४ करोड रुपैयाँ अर्थले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि निकासा दिएको हो । यो बजेटमध्ये वुहानबाट उद्धार गर्दाको १३ करोड रुपैयाँ भने पूरै खर्च भइसकेको पनि अर्थले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस