कोरोनाका कारण पर्यटन व्यवसायलाई चुनौति थपियको छ । विश्व व्रम्हाण्ड नै अहिले कोभिट १९ कोरोना भाईरसका कारण आक्रान्त वनिरहेको अवस्थामा समग्र विश्व श्रम वजार नै डामाडोलको स्थितिमा रहेको छ भने पर्यटन व्यवसायलाई अझ वढि समस्या ग्रस्त वनायको छ ।
अवका दिन विश्वासका मानिसलाई केही समय असहज हुने प्रष्ट देखिन्छ । विश्वकै श्रम वजार र त्यसको क्षेत्रमा पक्कै पनि नराम्रो असर गर्छ नै । त्यसमा पनि विश्वको सवैभन्दा ठुलो व्यवसाय पर्यटन व्यवसायलाई त्यसले धक्का पर्ने देखिन्छ ।
हाल लकडाउनका कारण नेपालमा मात्र नभएर धेरै देशहरूमा पर्यटन क्षेत्रको शुन्य गतिविधि देखिन्छ । पर्यटकीय संघसंस्थाले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार ४० अर्ब भन्दा बढीको क्षति हुने अनुमान छ । यद्दपी कुनै पनि निकायले ठोस अनुमान भने गर्न सकेका छैनन् । पर्यटनमा यस्तै मन्दी आउने हो भने लाखौं रोजगारी गुम्ने अनुमान गरिएको छ । होटेल संघ नेपाल (हानका) अनुसार होटेल क्षेत्रले मात्र करीव ११ लाख रोजगारी सिर्जना गरेको छ ।
पर्यटन व्यवसायभित्रका एयरलाइन्स ,होटल तथा रेष्टुरां,ट्रेकिङ तथा ट्राभल एजेन्सि ,होमस्टे लगायत क्षेत्रका व्यवसायिलाई नराम्ररी प्रभाव परेको छ ।जसको कारण हजरौंको संख्यामा प्रत्यक्ष श्रमिक र त्यसमा आश्रीत वर्गलाई र होटल लगायतको व्यवसायमा प्रयोग हुने कृषि,पशुपक्षिं व्यवसाय लगायत अन्य विभिन्न अप्रत्यक्ष व्यवसायलाई पनि यसले लामै समय समस्यामा पार्ने देखिन्छ ।नेपालका प्रमुख पर्यटकिय गन्तव्यहरू र त्यस स्थानका होटल व्यवसायहरू धुलिखेल ,नगरकोट,पोखरा,सौराहा,लुम्बिनी ,वर्दिया लगायतका प्रमुख स्थलहरू पुर्णरूपमा ठप्प छन त्यस्तै होमस्टेका प्रख्यात स्थानहरू सिरूवारि,घलेगाऊं,पिपरहर,सिकलेस,ग्रावल भ्यालि,अमलटारि ,श्रीअन्तु ईलाम लगायतका देशैभरिका निजि तथा सामुदायिक होमस्टेहरू पुर्णरूपमै ठप्प छन ।नेपाल सरकारले लागू गरेको भिजिट नेपाल २०२० लाई मध्येनजर गरि धेरै नयाँ होटल,होमस्टे र पराना होटलले पनि मर्मतसम्भार गर्नुका साथै अकुपेन्सि वढाउना रूम संख्या र सैया पनि वढायका थिए सरकारले पनि हाललाई २०७७ वैशाख देखि लागुहुनेगरि २०२० को समिति नै खारेज गरि सकेको छ।करोडौं रूपैया ऋण गरेर लगानि गरेको क्षेत्र नै कोरोनाको कारण प्रत्यक्ष प्रभाव परेका कारण कतिपय लगानिकर्तालाई लकडाउनको वेलामा पनि मानसिक तनाव उत्पन्न भयको सुन्न सकिन्छ ।
नेपालमा फस्टाउने क्रममा रहेको पर्यटन व्यवसायलाई धरासहिहुन वाट जोगाउने हो भने हाललाई श्रमिकको पारिश्रमिक जुन व्यवसाय सामाजिक सुरक्षामा दर्ता भई सामाजिक सुरक्षाको रकम काटिएको छ त्यसै रकमलाई हालको लागि परिचालन गर्नु पर्ने देखिन्छ भने सरकारले विभिन्न शिर्षक मा लगाउने कर लाई पनि पुनरविचार गर्नु पर्ने देखिन्छ र स्थानिय निकायले लगायको कर छुट दिनुपर्छ ।वैङ्ले पनि किस्तामा विचार गर्नु पर्छ ।व्यवसायी र श्रमिकहरू पनि उतिनै जिम्मेवार हुनुपर्छ हाल सरकारले गठन गरेको विपद कोषमा आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ।यो महामारिमा कसैले पनि रोजगर भने गुमाउनु र कटाउनु हुंदैन वरू यस वेलामा तालिम तथा क्षमता विकासका योजना ल्याई आगामि दिनमा व्यवसायलाई गति दिन सक्ने योजना वनाउनु पर्ने पनि देखिन्छ ।लकडाउन समापन भयपछि श्रमिकलाई काम नहुन सक्छ यस्तो अवस्थामा व्यवसायीका संघ संस्था र श्रमिकहरूका संघ संस्थाको विच छलफल गरि रोजगारि कटौत नगरि कार्य्दिन घटायर पनि काम लगाउन सकिन्छ ।यो विषम परिस्थितिमा सवै पक्ष मिलेर धैर्य गरि अगाडि वढ्नु को कुनै विकल्प नहोला ताकि सांप पनि नमरोस लठ्ठी पनि नभांचियोस ।श्रमिक वर्गमा पनि रोजगारि गुम्लाकि भन्ने कुनै भय नहोस ।अवकादिन रोजगारिमा धेरै चुनौति देखिन्छ ,विश्वमा हुने आर्थिक मन्दि संगै वैदेशिक रोजगारको क्षेत्रमा पनि श्रम कटौति हुन सक्छ जसले वेरोगारि गांज्ने छ अझ भन्ने हो भने कुवेत लगायतका खांडि मुलुकहरू जसले हजारौं नेपाली श्रमिकलाई रोजगारि दिई रहेको छ त्यसमा श्रम कटौती हुने देखिन्छ भने लुकि छिपि कामगरेकालाई देश फर्काउने उनिहरूको यो सहि वेलानै हुन सक्छ।हजारौ मानिसहरू लुकेर काम गरिरहेका छन कुवेतमा मात्र ७० हजार कामदारमा ४ हजार लुकेर काम गरिरहेको एजेन्सिले जानकारि दियको छ।जे होस यो परिस्थितिलाई सवै पक्षमिलेर यसको सामना गर्नु पर्नै छ ।
मोहन गजुरेल
केन्द्रीय महासचिव (ग्लोवल नेपालिज शेफ फेडेरेसन)
कुकहरू(शेफहरुको) संस्था
प्रतिक्रिया दिनुहोस