सरकारले लकडाउनलाई खुकुलो बनाउनुपर्ने आवाज नागरिक स्ततरबाट उठ्न थालेको छ । लकडाउनलाई एक महिनासम्म पूर्ण समर्थन गरेका नागरिकले लामो अवधिका कारण निसासिएको अनुभूति गर्दै यसलाई केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन् ।
सरुवा रोगसम्बन्धी अनुसन्धान गर्दै आइरहेका चिकित्सक डा. रमेश आचार्यले विभिन्न उपाय अपनाएर लकडाउन केही खुकुलो बनाउन सकिने सुझाव सरकारलाई दिएका छन् । डा. आचार्यका अनुसार कोरोना संक्रमण देखिएका देशभरीका प्रभावित तथा अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन भागमा विभाजन गरेर सोही अनुसार लकडाउनलाई व्यवस्थित गर्न सकिन्छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस