चितवन । प्रहरीले सोमबार चितवनमा दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ । भरतपुरको चौबिसकोठीमा समाचार संकलन गर्न पुगेका पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पत्रकार माथि भएको दुरुव्यवहारको घटनाप्रति विभिन्न संस्थाहरुले बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस संगठन नेपाल चितवन, नेपाल प्रेस युनियन चितवनले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादतीको बिरोध गरेका हुन् । महासंघका अध्यक्ष राधेश्याम खतिवडा, संगठनका संयोजक प्रकाश ज्ञवाली र युनियनका अध्यक्ष अनिल ढकालले विज्ञप्ति जारी गर्दै पत्रकारहरुमाथि धरपकड गरिनु दुःखद् भएको उल्लेख गरिएको छ । त्यसैगरी चितवन जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ती जनाएको छ ।
प्रतिक्रिया दिनुहोस