चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ ।
प्रतिक्रिया दिनुहोस