१ जेठ, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको काजक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् । लकडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृत्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सिमानामा रोकिएको छ ।
विश्वकर्माका छिमेकी रमा महरा केसीले भनिन्, ‘सोनु भाइको काम गर्ने कम्पनीले नेपाल भारतको सिमाना रुपैडियासम्म पुराइदिने भनेको छ । तर नेपाल सरकारले प्रवेश नदिएका कारण समस्या भएको छ ।’उनले भनिन्, ‘बरु नेपाल प्रवेश गर्दा सोनुको कोरोना परीक्षण गरेर नेपाल प्रवेश गर्न दिए राम्रो हुने थियो ।’ विश्वकर्माका तीन भाइ मजदुरीका लागि भारतमै छन् ।
प्रतिक्रिया दिनुहोस