२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रेमा अपराधिक क्रियाकलाप बढ्दो


२८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल/मुलुक लकडाउनमा गएको पनि आज ५८औं दिन पार गरेको छ । नेपालमा मात्र नभएर विश्वमै महामारीको रुप लिन सफल कोरोना भाईरसको रोकथामको लागि नेपाल सरकारले सिंगो मुलुकलाई लकडाउनमा कैद गरेको भएपनि यो बेलामा अवाञ्छित गतिविधिले जिल्लालाई आक्रान्त बनाएको छ ।
    गत चैत्र ११ देखि जेठ ४ गतेसम्ममा ५८ वटा अपराधजन्य घटनाहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार दर्ता भएका घटनामा २२ जना पुरुष, १७ जना महिला, १ जना बालक र दुई बालिका संलग्न रहेको बताएको छ ।

    सो अवधिमा जिल्लामा अपराधजन्य गतिविधिअन्र्तगत ४२ जनाको मृत्यु भएको छ । जिल्लामा सबैभन्दा धेरै आत्महत्याको घटना भएको कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार २१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जसमा वृद्धदेखि बालबालिकासमेत रहेको कार्यालयले जनाएको छ । जसअन्र्तगत ९ जना पुरुष, १० जना महिला र दुई बालिका रहेका छन् । त्यस्तै ५ जना पुरुषले विष सेवन, सवारी ज्यान अन्र्तगत ४ वटा मुद्धामा ३ पुरुष र १ महिला, कसुर फुटकर ज्यान अन्र्तगत ७ वटा मुद्दामा ६ पुरुष र १ महिला, ज्यान सम्बन्धी कसूर लडि मृत्यु भएको २ वटा मुद्दामा १ महिला र १ पुरुष रहेको छ भने ज्यान सम्बन्धी कसूर डुबि मृत्यु हुनेमा १ महिला र १ पुरुष र ज्यान सम्बन्धी कसूर पहिरोले पुरी १ जना पुरुषको मृत्यु भएको उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार