२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पोखरीको डिलमा १० लाख फालेर दुइजना फरार, प्रहरीले पिछा गर्दा मोटरसाईकल फेलापर्यो मानिस गायव


२४०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ८ जेठ, रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको छ । डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा दुई जना व्यक्तिहरु प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए ।

    ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजेको थियो । तर उनीहरु रोकिएनन् । प्रहरीले पछयाउन थालेपछि डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए ।

    त्यहाँबाट बरामद रकम औरैयाका प्रहरी सहायक निरीक्षक ललित कुमार साहले नगर प्रमुखको घरमा लगेर रोहबरमा गन्न लगाएका थियो । रकम गन्दा १० लाख १० हजार रुपैयाँ रहेको पाइएको मेयर मेहताले बताए ।बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।

    भारतसँग सीमा जोडिएको रौतहटका औरैयाबाट ठूलो परिमाणको रकम बरामद हुनुले यो क्षेत्रमा हुण्डी कारोबार मौलाएको संकेत मिलेको स्थानीय बताउँछन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु