११ जेठ, चितवन । कोरोना भाईरस संक्रमणबाट जोगिन र जोगाउनको लागि क्वारेन्टिनमा बसेका लाई आफन्तले कोसेलि सोरुप घरेलु मदिरा पुर्याउंदा प्रहरीको फन्दामा परेका छन् ।
राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियाले मदिरा कोशेलि पुर्यायपछि उनलाई प्रहरीले कारवाही गरी ५ हजार जरिवाना समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा र्पुयाउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले पक्राउ गरेका थपलियालाई प्रशासनले लिएको बयानको आधारमा जरिवाना तोक्दै अब आइन्दा यस्तो कार्य नगर्ने सर्तमा आज छाडेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस