२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

काभ्रेका युवक बलत्कार अभियोगमा भक्तपुरमा पक्राऊ


३०६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • भक्तपुर – महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । भने अन्य चार जना फरार भएका छन् ।

    जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी महिलालाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ । गिरीले युवतीलाई कोठामा ल्याएर पहिला आफूले जबरजस्ती करणी गरेको र कोठाबाट भाग्न उम्किन नदिई साथीहरुलाई बोलाएको पीडित युवतीले प्रहरी समक्ष बताएकी छिन् ।

    गिरीले अन्य ४ जना साथीलाई समेत आफ्नो कोठामा बोलाई सबैले पालैपालो रातभरी करणी गरी भागीको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् । प्रहरीले ९ गते पीडित महिलाले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गरेपछि हुलिया र बिवरणका आधारमा निजहरु भाग्न उम्किन सक्ने सम्पूर्ण स्थानहरुमा खोजतास गरेको थियो ।

    काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका. स्थायी घर भई मध्यपुरथिमि नगरपालिका वडा नं. ६ पुरानोथिमि बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको हो । लामा पुरानोथिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए । फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार