आई.आर.के.मैनाली
काभ्रे । कृषकहरुले ठुलो लगानी गरी उत्पादन गरेको ताजा तरकारीले बजार मुल्य नपाउदा कृषकको लगानी डुब्ने भएको छ । कृषकले उत्पादन गरको ताजा तरकारीहरु नबिक्ने अवस्था हुंदा सम्म कसैको ध्यान पुग्न नसक्दा कृषकहरु मारमा परेका हुन् ।
कृषकहरुले उत्पादन गरेको तरकारी ठिप्नको लागि खर्चहुने ज्याला समेत तरकारी बिक्रि गर्दा नपुग्ने भएकोले खेतबारीमै तरकारीहरु सड्ने अवस्था आएको छ । कृषकले तरकारीको उचित मुल्य नपाएपनि उपभोक्ताहरुले भने महंगोमा उपभोग गरी रहेका छन् । जसको कारण कृषकहरुको लगानी डुब्ने बिचौलिया मालामाल हुने अवस्था आएको छ ।
पाँचखालका अगुवा कृषक धर्मराज दनुवार भन्नु हुन्छ—उपभोक्ताहरुको स्वास्थ्य साथै पाँचखालको वातावरणलाई मध्यनजर राख्दै जैविक तरिकाले ताजा तरकारी खेती गरेर गुणस्तरीय तरकारीहरु उत्पादन गरेउ तर बजार भाउ नपाउदा लगानी डुब्ने भयो ! कृषकको लगानी डुब्ने अवस्थामा पनि उपभोक्ताहरुले भने सस्तोमा उपभोग गर्न नपाउनु दुःख लाग्दो बिषय हो ।
अगुवा कृषक दनुवारले थप्नुभयो, हामी कृषकको लगानी डुब्दा उपभोक्ताहरुले पनि सस्तोमा उपभोग गर्न पाएको भए केही मात्रामा चित्त बुझ्दथियो, तर त्यसो हुन सकेन । मुलुकमा भएको लकडाउनले चौतफी रुपमा समस्या छ, कृषकहरुलाई हौसला दिएर उत्पादन जे जसरी पनि बढाउन आवश्यक छ तर त्यतातिर सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । नीति नियम, कागज साथै भाषणमा कृषककै हितको लागि कुरा उठेको हुन्छ तर व्यवहारमा केही उतार्न सकेको छैन जसले गर्दा कृषकको अवस्था थप दयनिय हुदै गएको छ । दनुवारले भन्नुभयो ।
गतशाल प्रतिक्रेट १९ सय सम्ममा बिक्रि भएको गोलभेडा यस बर्ष २ सयमा पनि बिक्रि भएको छैन । यतिखेर दिन पिराएर ७०—७५ क्रेट गोलभेडा उत्पादन हुन्छ, तर २ सयमा लान पन मान्दैनन् व्यापारीहरु । गोलभेटा राख्नको लागि क्रेट छैन भन्दै पन्छन्छन् व्यापारीहरु । गोलभेडा मात्रै हैन काँक्रो, लौका लगाएतका सवै तरकारीको भाउ छैन । जसले गर्दा कृषकहरुको लगानी डुब्ने भएको छ भन्नुहुन्छ अगुवा कृषक धर्म दनुवार ।
कृषकले उत्पादन गरेको तरकारीको उचित मुल्य नआउंदा काभ्रेका कृषकहरु समस्यामा परेका छन् । कृषकहरु यसरी समस्यामा पर्दापनि सम्बन्धित निकायको चासो पुग्न सकेको छैन । नेपालमा उत्पादन भएको तरकारी खेतवारीमै सडेर जाने अवस्था हुंदा पनि भारतबाट तरकारी आयात हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस