२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

फौजी किराको प्रकोपले गर्दा मकै बालि सखाप, पाखोबारी बाँझोमा परिणत हुने संभावना


२८३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    जेठ १२ काभ्रे । काभ्रे जिल्लाको उर्वरा भूमिको रुपमा परिचित पाँचखाल र आसपासको क्षेत्रमा फौजी किराको प्रकोप हुँदा मकै बालि सखाप भएको छ ।

    विगतको बर्षमा फाट्ट फुट्ट मात्रामा खेतमा मात्रै क्षति पुर्याउने सो किराले यस बर्ष पाखो बारीको मकै सखाप पारेको छ । बर्षमा एक बालि (मकै) मात्रै लाग्ने पाखोवारीमा किराले सखाप पारेपछि कृषकहरु चिन्तिच भएका छन् ।
    दिनपर दिन खेतिमा काम गर्ने मजदुरको ज्यला बढ्दा खेतिमा लगानि बढिरहेको अवस्थामा किराको प्रकोपको कारण आम्दानि घट्दा कृषकहरुको खेति तर्फ आकर्षण घटेको छ । जसको कारण पाखो बारि बाँझोमा परिणत हुने संम्भावना प्रवल रहेको छ ।

    यतिखेर फौजी किराले भर्खरै हुर्किंदै गरेका मकैमा सल्किएको छ । विगत वर्षदेखि फौजी किराको प्रकोपको मारमा किसान पर्ने गरेका छन् । हरेक बालीमा किसानले नोक्सानी खेप्नुपर्छ । बालीका लागि निकै हानिकारक हुने यो किराले मकै मात्र नभई अन्य अन्नबाली खासगरी जुनेलो, धान, गहुँ, कोदो, उखु र घाँसमा समेत नोक्सानी पुर्याउने गरेको कृषकहरुको भनाई रहेको छ ।

    कृषकहरुलाई धेरै दुःख दिने यस्ता किरालाई नियन्त्रण गर्न सकेको अवस्था छैन । कृषि विज्ञहरु बताउँछन् । तर हरेक वर्ष ठूलो नोक्सानी गर्ने यो किराको न्यूनीकरण हुन सकेको छैन । यस्ता किरालाई निर्मुल गर्न नसकेपनि नियन्त्रण गर्ने कार्यमा कृषि बिज्ञहरु लागेका छन् तर प्रभावकारी ढंगले नियन्त्रण गर्न सकेको छैन ।

    मकै बालीमा अहिले क्षति पुर्याउने फौजी किरा अमेरिकी किरा हो । यसअघि धान र गहुँमा भने नेपालकै रैथाने फौजी किरा देखिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कीट विज्ञान महाशाखाका अनुसार अमेरिकी फौजी किरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम ‘स्पोडोप्टेरा फ्र्युगिपेर्डा’ हो ।’

    विशेषगरी यो किरा बेलुका र रातिको समयमा चर्न रुचाउँछ । कृषकहरुले किरा नियन्त्रण गर्नको लागि दिउंसोको समयमा बिषादी प्रयोग गर्दा नियन्त्रण हुन सकेको छैन । दिउँसोको समयमा बालीनालीमा असर नगर्ने भने होईन तर रातिको तुलनामा दिउंसो कम असर गर्छ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको बैज्ञानिकहरुको भनाई छ ।

    हिउँदपछि अर्थात् गर्मी बढ्दै जाँदा फौजी किरा सक्रिय हुन्छन् । तापक्रम बढेसँगै यो किराले आफ्नो सक्रियता बढाउँछ । फौजी किराको पोथीले आफ्नो जीवनमा ३ सयदेखि ५ सय वटासम्म फूल पार्न सक्छ । यसले गर्ने क्षति अरु किराकोभन्दा फरक हुन्छ । यसले पातलाई कोतरेर खान्छ । पातमा लाम्चा आकारका झिल्ली मात्र बाँकी राखेर बिरुवाको पात खाने गर्छ । त्यसपछि यो किराले पातलाई छिया छिया पारेर खान्छ ।

    बिस्तारै गुभोमा नोक्सानी गर्छ । यतिवेला गुभोमा काठका ससाना धुलोजस्ता किराको दिसा भेटिन्छ । यो किराको लार्भा हो कि होइन भनेर थाहा पाउन पेटको आठौँ भागमा हेर्न सकिन्छ । यो किराको पेटमा वर्गाकार चार वटा ठूला ठूला काला धब्बा हुने विज्ञ बताउँछन् । यो किराको लार्भाले पनि उज्यालो रुचाउँदैन । तर यसो भन्दैमा उज्यालोमा यसले बालीलाई नोक्सानी नगर्ने होइन । उज्यालोमा पनि यसले गुभोमा टाउको तलतिर पारेर नोक्सानी पुर्याउने गरेको विज्ञ बताउँछन् ।

    यसले मकैको घोगा र दानासमेत खाएर सखाप पारेको पाइन्छ । फौजी किरा जाडोमा बाँच्न सक्दैन । तर न्यानो ठाउँमा सानो सङ्ख्यामा बाँचेका किराहरु गर्मी बढेसँगै उडेर फैलिँदै जान्छन् । यो किरा एक रातमा सय किलोमिटरसम्म उड्न सक्छ । पुतली बनिसकेपछि फूल पार्नुभन्दा अघिको अवस्थामा यो किरा झण्डै ५ सय किलोमिटरसम्म उड्न सक्छ ।

    यसबाहेक फौजी कीराको नियन्त्रणका लागि खेतभित्र र बाहिर रहेका झारपात उखेल्ने, बाली उठाएपछि लार्भा नष्ट गर्न खेत जोतेर ठुटा जलाउने वा हटाउने र खेतमा दुई चार दिनसम्म पानी लगाउने गर्नुपर्छ । यस्तै फौजी किरा दिनमाभन्दा रातमा सक्रिय हुने भएकोले यसलाई पासो थापेर पनि नष्ट गर्न सकिने विज्ञ बताउँछन् । फौजमा हिँड्ने यो किराको बाटो पहिल्याएर त्यहाँ कुलेसो वा कुलो बनाएर बीचबीचमा खाल्डो बनाई पुर्न सकिन्छ ।

    यस्तै, खेतमा पानी पठाएर मट्टीतेल राखी डोरीको सहायताले बोट हल्लाएर लार्भा मट्टितेल मिसिएको पानीमा झारेर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि खेतमा पानी पठाएपछि त्यसलाई रोक्नुपर्छ । यो किराबाट बालीलाई जोगाउने उत्तम उपाय भनेको किसानले बालीनालीलाई अनुगमन गरिरहनु हो । यो किरा भए नभएकोबारे पहिलो चरणमै थाहा पाउन सके जैविक विषादीको प्रयोगबाट यसलाई न्यूनीकरण गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार