२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

क्वारेन्टिनको बिषयमा बिवाद हुंदा वडा अध्यक्ष पक्राउ


२१११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १६ जेठ, रौतहट । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो ।

    गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिए । प्रहरीले वडाध्यक्ष गिरीलाई नियन्त्रणमा लिएको छ ।रौतहटको गुजरा नगरपालिकामा भारतबाट आएका ७५ जना तीन दिनदेखी गुजरा ५ को इस्लामपुरमा रहेको हाटबजार लाग्ने ठाउँमा बस्दै आएका थिए । उनिहरुलाई स्थानीय तहले सीमाबाट केही दिनअघि उद्धार गरेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार