सजिना मैनाली ,अष्ट्रेलिया
१९ जेठ । अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) का ९२ प्रतिशत संक्रमित निको भएका छन् । अष्ट्रेलियामा समग्र संक्रमितको संख्या सात हजार दुई सयको हाराहारीमा छ । तर, अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ ।
कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन पनि केही खुकुलो बनाइएको छ । सोमबारदेखि अष्ट्रेलियामा चिडियाखाना, संग्रहालयहरु पनि खुलेका छन् । अष्ट्रेलियाको धेरै मानिसको बसोवास रहेको न्यु साउथ वेल्समा क्याफे, रेष्टुरेन्ट, ब्युटी पार्लरहरु खोल्नका लागि पनि अनुमति दिइएको छ । साथै बढीमा ५० जना भेला हुन अनुमति दिइएको छ ।
प्रतिक्रिया दिनुहोस