२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

लकडाउनले गर्दा भोकै बस्नुपर्ने भएपछि आत्माहत्याको प्रयास


२०४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • हेटौंडा – हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए ।

    लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए । ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीन केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् ।
    लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शुभलक्ष्मी विश्वकर्माले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार