२२, जेठ विराटनगर । बिहीबार बिहान धरानमा भएको आगलागीमा परी दुईजनाको मृत्यु भएको छ । बिहान सवा ८ बजेबाट धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको हो । धनमाया र सीता आमा छोरी हुन ।
दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए । आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन् ।आगलागी भएको घरमा भाडामा बस्नेहरु पनि रहेकाले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस