२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कारागार भित्रै कैदीको मृत्यु


३२९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • बुटवल । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

    कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यशोधरा गाउंपालिका वडा नंं. ७ ईटवा गाउंका ५४ वर्षीय रामअधिन कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान खाना खाएर आराम गर्न सुतेका कोहारको सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।

    कैदी कोहारलाई कपिलवस्तु अस्पताल पुर्‍याइएको भएपनि मृत्यु भइसकेको अवस्थामा अस्पताल ल्याइएको जनाएको छ । मृत्युको कारण भने पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अस्पतालले जनाएको छ । मृतक कोहारको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ ।

    मृतक कोहार २०७६ साल साउन २ गते देखि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा रहेको जेलर राकेश पाण्डेयले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार