२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

जिल्ला स्वास्थ्य कार्यालयको गल्तीले पाँचखालमा कोरोनाको त्रास


२३०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे। पाँचखाल नगरमा एक जनालाई कोरोना रोग लागेको पुष्टि भएपछि पाँचखाल वासि निकै चिन्तित अवस्थामा रहेका छन् । भारतबाट आएकोले पाँचखालमा क्वारेन्टिनमा रहेका उनि घरगएको भोलिपल्ट कोरोना लागेको पुष्टिहुंदा थप समस्या भएको हो ।

    क्वारिन्टाईनबाट अघिल्लो दिन घरमा गएका उनको भोलिपल्ट कोरोना रोग लागेको पुष्टि हुंदा उनको संसर्गमा आएका अन्यलाई समेत समस्या परेको छ । जसको कारण उनको परिवारमा रहेका अन्य तीन जनालाई पाँचखाल नगरले क्वारिन्टाईनमा राखेको छ । घरमा रहेका सवै परिवार क्वारिन्टाईनमा वस्नुपर्ने हुंदा घरमा पालेको दुहुनु गाईको हेरचाहको समस्या आएकोले आज (आईतबार) नगरपालिकामा बसेको बैठकले गाईको हेरचाहको व्यवस्था नगरको तर्फबाट गर्ने निर्णय गरेको छ ।

    जेठ १४ गते भारतबाट आएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । भारतबाट आएकाले उनको पिसिआर परिक्षण गरिएको थियो । परिक्षणको नतिजाको वारेमा पाँचखाल स्वस्थ्य शाखा उज्ज्वल अधिकारीले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन डा. नरेन्द्रकुमार झासंग सम्पर्क गर्दा नतिजा नेगेटिभ आएकोले घरमा पठाउँदा हुन्छ भनि टेलिफोन मार्फत जानकारी गराएपछि घरपठाईएको थियो । क्वारिन्टाइनमा रहेकाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि १४ दिन क्वारेन्टिनमा राख्नु नपर्ने भएकोले डा. झाकै सुझावको आधारमा घर पठाइएको जानकारी प्राप्त भएको छ । त्यसैगरी संञ्चारकर्मीहरुले संम्पर्कगर्दा समेत डा. झाले नेगेटिभ रिपोर्ट आएको जानकारी गराएका थिए ।

    क्वारिन्टाईनबाट घरगएको भोलिपल्ट कोरोना रोग लागेको पुष्टि भएपछि घरपरिवार, छरछिमेकी साथै नगरवासिहरु पाँचखाल नगर स्वास्थ्य शाखाको कमजोरी भन्दै व्यापक जनगुनासो आयो । त्यो स्वभाविकै पनि थियो, तर गल्ती पाँचखाल नगर स्वास्थ्य शाखाको थिएन । गल्ति जिल्ला स्वास्थ्य कार्यालयको थियो, जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहेको पाँचखाल स्वास्थ्य शाखाले माथिल्लो निकाएको निर्देशन पालना गरेको थियो । निर्देशनलाई पालना गरी क्वारिन्टाइनमा वसेकालाई घर पठाउंदा थप समस्या आयो । जसको कारण सिंगो पाँचखालवासि त्रसित भए ।

    पाँचखालमा आएको जटिल समस्याको बिषयमा काभ्रे जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.झा भन्न्हुन्छ—रिपोर्ट हातमा नआइकन टेलिफोनको माध्यमबाट पाएको जानकारी पाँचखाललाई गराउंदा समस्या आयो । हामीले रिपोर्ट हातमा आएपछि पठाउनुपर्ने हो । तर विश्वासको भरमा पठाउँदा नतिजा उल्टो आयो । अस्पतालले जानकारी दिए अनुसार हामीले सूचना गर्ने हो, अस्पतालले हामीलाई रिपोर्ट नेगेटिभ आएको सुचना दियो सोही सुचनाको आधारमा घरपठाउन भनेको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयको कमजोरीले गर्दा उत्पन्न भएको समस्याको बिषयलाई लिएर आज पाँचखालमा विपद व्यवस्थापन समितिको बैठक बसी कोरोना रोग पुष्टि भएका घरपरिवारको बारेमा उत्पन्न भएको समस्याको बिषयमा समाधानको मार्गहरु पहिल्याईएको थियो । क्वारेन्टाईनमा बस्नुपर्दा उत्पन्न भएको समस्यालाई समाधान गर्ने र उचित समय निर्धारण गरी परिक्षण गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ । यसै क्रममा नगरका मेयर महेश खरेलले समस्या आयो तर समाधानको लागि सिंगो नगरपालिका निरन्तर रुपमा अगि बढ्ने बताउनु भयो । नगरवासिको कुनैपनि समस्या समाधान गर्ने दायित्व जनप्रतीनिधिको भएकोले समस्या समाधान गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार