२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नेपालको शिक्षा शैक्षिक माफियाको हातमा


४४२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    लकडाउनले मुलुक नै धराशयी हुँदै गएको अवस्थामा शैक्षिक माफियाले कुटनीतिक ढंगबाट आफ्नो चलखेल अगाडि बढाएको शिक्षाविद्हरुको दाबी छ ।

    नेपाल सरकारले शैक्षिक संस्थाहरुका बारेमा पटक पटक ओकलेका अभिव्यक्तिहरुप्रति लक्षित गर्दै विज्ञहरुले यसो भनेका हुन् । उहाँहरुको दाबी छ, सिंगो मुलुक नै शक्ति केन्द्रको चंगुलमा फसेको छ । यो कुराको पुष्टि बालबालिकाहरुलाई परीक्षणका साधन बनाउने खेलले गरेको छ ।

    अहिले नेपालमा शैक्षिक नीति बनेको छ त त्यसले अर्धदक्ष जनशक्ति उत्पादन गर्ने गर्दछ । हिजो दशमलव ५ अंकका लागि बालबालिकाहरु कडा प्रतिस्पर्धा गर्थे, दिनरात नभनी पढाइमा ध्यान दिन्थे तर आज औपचारिकतामा मात्र पूरा गर्ने काम भएको छ । विश्वको उत्कृष्ट शिक्षा नीतिको एउटा नमूना त्रिभुवन विश्वविद्यालय अहिले निकम्मा सावित बनाएको छ ।

    नेपालको शिक्षा नीतिलाई शैक्षिक माफियाहरुले चकनाचुर पार्दै आफ्नो अनुकूलतामा परिभाषित गर्दै लगेका छन् । अहिले मुलुक लकडाउनको अवस्थामा गुज्रिरहँदा पनि आफ्नो स्वार्थ सिद्ध गर्न साधनका रुपमा शैक्षिक माफियाले लिएका छन् । जुन नीति अख्तियार हुँदै आएको शिक्षाको क्षेत्रमा त्यो पहुँचमा कति बालबालिकाको हैसियत रहन्छ ! कति अभिभावकले त्यो आवश्यकता पूरा गर्न सक्ला ? कल्पना गर्नुस् । यहाँ सरकार कामले होइन, कुराले टिक्छ भन्ने पुष्टि त यो लकडाउन बिचमा सरकारले गरेका क्रियाकलापले देखाइसकेको छ ।

    घरलाई खरानी बनाएर फाइदा लिने संस्कारको बिर्जारोपण सरकारले नै गरिरहेको छ । हिजोसम्म छिमेकी मुलुकलाई निर्यात हुँदै आएको खाद्यान्न अहिले आयात भएन भने नेपाली भोकमरीमा तड्पिनुपर्छ । विज्ञहरुको थप दाबी छ, ३०÷३५ वर्ष अगाडि नेपालले नुन एउटा आयात गरे पुग्थ्यो । यो अवस्थामा जुनसुकै किसिमको नाकाबन्दी गरेपनि नेपालीलाई असर पर्दैनथ्यो तर आज सबै फेरिएको छ । सत्ताका प्रमुखहरु कसैका सामु हिजो झुक्दैन थियो र आज गल्लीको कुकुर जसरी पुच्छर लुकाएर झुक्नुपर्ने अवस्था आएको छ ।

    आज किन्न नपर्ने के छ ? विश्वको पानी धनी देश तर पानी समेत किन्नुपर्छ । यो दयनीय अवस्थामा हामी पुगेका छौं । यो ३०÷३५ वर्षको अवधिमा आर्जन भनेको मुलुकले दलाल उत्पादन गर्नु सिवाय केही हात लागेन । जसले अपनत्व भन्ने बिर्सियो, नैतिकता, कर्तव्य र जिम्मेवारी कुन चराको नाम हो शब्दकोशमा खोज्नुपर्ने अवस्थामा पु¥याइदियो । आजको शिक्षा नीतिले दिएको उपहार हाम्रा लागि यही हो । राज्यले दलाली गर्ने होइन, काम गर्ने वातावरण बनाइदिने हो । त्यो कामको अनुगमन राज्यले गर्नुपर्छ । पछिल्लो सरकार दलाली गर्नमै व्यस्त रहे, जसको परिणाम हुनेखाने र हुँदाखाने बिच ठूलो खाडल सिर्जना हुन पुग्यो ।

    २०४६ सालपछि यो मुलुक गरिब बन्दै गयो । केही सीमित वर्गले अथाह सम्पत्ति आर्जन गर्न पुगे यो समय । भन्ने गरिन्छ, नेपाल गरिब छ तर नेपाली जनता धनी छन् भन्ने चर्चा सुन्न पाइन्छ । केही व्यक्तिका लागि राम्रो होला तर सिंगो मुलुकलाई नराम्रोसँग घाटा पु¥याएको छ । यसको सबै दोष भनेको नेपालको शिक्षा नीति नै भन्नुहुन्छ शिक्षाविद् उत्तम सञ्जेल । लकडाउनले मुलुक सम्झेर नेपाली युवा फर्किएका छन् । अब उनीहरुलाई दासत्व स्वीकार्न बाध्य नपारियोस् । उनीहरुका लागि सीप अनुसारको उचित रोजगार व्यवस्थापन गरी यही भूमिमा अवतरण गराउन सकियोस् भन्न चाहनुहुन्छ विज्ञ सञ्जेल ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार